संस्कारअनुसार गोरु खान पनि र पूजा गर्न पनि सकिन्छ


नारायण राई
वि.सं. १९१० मा जङ्ग बहादुर राणाले लागु गरे ‘मुलुकी ऐन’ । सोहि ऐनको महल ७ अन्तर्गत चौपायको महलको कानूनी व्याख्याले धेरै सोझा सिधा आदिवासीहरूलाई जेल पु¥याएको छ । जुन कानूनको व्याख्या नेपालमा गलत ढङ्गबाट गरियो । कानूनले सजाय दिने मात्र हैन संरक्षण पनि दिनु पर्छ । तर नेपालको कानूनले संरक्षण संम्वर्धन गरेन । खाली शाषक बलियो बन्ने काम मात्र ग¥यो । मुलुकी ऐनको कारण उनीहरू आफ्नो स्थापित परम्परा मान्न पाउने अधिकारबाट प्रतिबन्धमा पर्दै थाना, अदालत हुँदै जेल पुगे ।
त्यस महलको तल उल्लेखित कानूनहरूले गर्दा उनीहरू जेल पुगेका हुन् :
४ नं. जानी जानी गाई, गोरु मार्न भनी कसैले हतियार उठाई वा अरु कुनै किसिमसँग मार्न तयार भएको देखियो भने हुँदैन भनी मनाही गर्नु पर्छ । नमानी मनाही गर्ने मानिसलाई समेत हतियार चलायो भने त्यसै ठाउँमा काटी हानि मार्नेलाई खतबात लाग्दैन । सो बाहेकको अवस्थामा भने मार्न हुँदैन । पक्री अड्डामा सुपर्द गरी दिनु पर्छ ।
१० नं. नेपाल सरकाबाट कुनै प्रकारका गाई, गोरु, साँढे, बसाहा विदेशमा लगी मार्ने मराउनेलाई छ वर्षसम्म कैद गर्नु पर्छ ।
११ नं. जानी जानी गाई, गोरु मार्नेलाई बाह्र वर्ष र बचन दिनेलाई छ वर्ष कैद गर्नु पर्छ । चौँरी गाई मार्नेलाई जीउ एकको चालीस रुपैँयाका दरले जरिवाना गर्नु पर्छ ।
१३ नं. मार्नाका मतलबले गाई, गोरुलाई समाती दिई वा बाँध छाँद गरिदिई अरुका हातबाट मराउनेलाई छ वर्ष कैद गर्नु पर्छ ।
१४ नं. गाई गोरुलाई कुटपीट गरी अङ्गभङ्ग गर्नेलाई दुई वर्ष कैद र घाउ रगतपच्छे गर्नेलाई दुईसय रुपैँयासम्म जरिवाना गर्नु पर्छ । चाँैरी गाईलाई अङ्गभङ्ग वा घाउ रतगपच्छे गर्नेलाई बीस रुपैयाँसम्म जरिवाना गर्नु पर्छ ।


नेपालमा यो कानून बनिनु भन्दा पहिले नै विभिन्न परम्परा, रितिरिवाज, संस्कारको विकास भैसकेको थियो । आदिम कालमै सुरु भैसकेको ती मूल्य मान्यताहरूलाई कानून बनाएर समाप्त पारिएको छ नेपालमा ।
आफ्नो सस्कार र परम्पराले पाएको धर्म गर्दा आजसम्म धेरै आदिवासीहरू जेल पुगेका छन् । त्यो क्रम अझै जारी छ ।
बौद्ध, किरात, मुसलमान आदि समुदायले कुलपित्र गर्दा गाई, गोरुको मासु चढाउने गर्छन् । तर नेपालको कानूनले गाई, गोरु काट्मार गर्न दिँदैन । त्यसले गर्दा कुल पुजा गर्न समेत समस्या हुने गरेको छ । त्यति मात्र हैन, कानूनी रुपमा दण्डनीय छ । माथि उल्लेखित कानूनले गर्दा जेल जान बाध्य पारिन्छ । कानूनको जन्म हुनु भन्दा हजारौँ वर्ष पहिले स्थापित भैसकेको परम्पराको विरुद्धमा आफ्नो सुरक्षा गर्न बनाइएको कानूनको आड्मा सोझा जनताहरूलाई शाषन गरेको बाहानामा शाषक वर्गहरूले शोषण गरी रहेका छन् ।
तर शाषकहरूले जे गरे, जे भने त्यो सबै सत्य हुदैन । अथवा कानुन बनाएर कानुनको आड्मा जे जे गराए पनि ईतिहास बाँङ्गीदैन । इतिहास सधैँ सत्य हुन्छ ।
हिजैदेखि शाषक वर्गले ति धर्मवलम्विहरूलाई कानून लादेर आफ्नो धर्म अनुसार आफ्नो परम्परालाई मान्नबाट बन्चित गरेपनि इतिहासको सत्यता अर्कै छ ।


ब्रह्मण सदुयादकै लेखकहरूले समेत त्यस कुरालाई प्रष्ट्याएका छन् । कवि तथा लेखक शिखरनाथ शर्मा सुवेदीद्वारा लिखित ‘शिखरनाथ थरगोत्रप्रवरावलि’ (सन् १९२८) मा स्पष्ट लेखिएको छ कि राई भित्रका ‘थुलिङ्गे, माने थुलीङ, कुलीङ् आदि ५ थरी गाइको मासु खान्छन् । वनतावा, चामलिङ् आदि ५ थरी गाई गोरुको मासु न खाने पनी मेगचन रु, १० पैसा जाती तिर्छन् ।’ भनेर उल्लेख गरेका छन् ।
साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाले किरात समुदायलाई धेरै अपहेलित गरेर ‘सुम्निमा’ उपन्यास लेखेको भए पनि एउटा सत्य चाँही के लेखिएको छ भने किरातीहरूले कोशीको टट्मा गौ वध गर्ने गरेको उल्लेख छ ।
धेरै प्रमाणहरूले पुस्टी गरेपनि किन नेपालमा ति जातिहरूले आफ्नो परम्परा अनुसार कर्म गर्दा जेल पर्छन् ।
विश्वमा हिन्दु धर्म मान्नेको सङ्ख्या अधिक भएको भारतमा पनि आफ्नो धर्म अनुसार गाई, गोरु काट्छन् । खान्छन् । विहार, बनारास, काँसी आदि स्थानमा गाई, गोरुको पुजा गर्छन् । त्यहि देशको सिक्कीम, नागाल्यण, मिजुराम आदि ठाउँमा काट्मार चल्छ । त्यो सबै भएकै छ । चलेकै छ ।
तर नेपालमा मात्र जेल हालेर बन्देज गरिनुको अर्थ के ? नेपाल एउटा यस्तो देश हो जहाँ मानिसको ज्यान सम्बन्धि कानून त्यस्तो बलियो छैन जति गाई, गोरुको कानुन बलियो छ ।

(पुस्तक : रणशेर राईबाट ।)

Posted by on Apr 6 2017. Filed under Breaking News, इतिहास/कला/साहित्य, दृष्टिकोण. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com