संघीय समाजवादी फोरम र नयाँ शक्ति छिट्टै एकता गर्न दुवै नेतृत्व सहमत

‘पार्टी एकता संयोजन समिति’ गठन •समितिमा बाबुराम, उपेन्द्र र अशोक राई

८ बैशाख, काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपाल छिट्टै पार्टी एकता गर्न सहमत भएका छन् । साथै पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन ‘पार्टी एकता संयोजन समिति’ गठन भएको छ ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै पार्टी एकता संयोजन समिति गठनको घोषणा गरेका हुन् ।

दुई पार्टीका प्रमुख डा. भट्टराई र यादवसँगै संघीय समाजवादी फोरमका संसदीय दलका नेता अशोक राई छन् । यस समितिले वर्तमान आन्दोलनमा कार्यगत एकताको माध्यमबाट सहकार्य गर्दै पार्टी एकताको कार्यलाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्‍याउने सहमति भएको छ, वक्तव्यमा भनिएको छ ।

साथै संघीय गठबन्धन, मधेशी मोर्चा तथा ६८ दलीय संयुक्त संघर्ष समितिले अघि सारेका माग सम्बोधन गरी निर्वाचनको वातावरण बनाउन सरकारलाई आग्रह समेत गरेका छन् ।

Posted by on Apr 21 2017. Filed under Breaking News, मुख्य खबर, समाचार. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com