एमाले गाईमाले भएर गाईको पुच्छर समाएरै वैतर्नी तर्न खोजिरहको छ : वरिष्ठ नेता अशोक राई

काठमाडौं, २८ वैशाख । संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईले एमाले अब प्रष्टै रुपमा गाईमाले भएको बताएका छन् ।
‘अस्ताउन थालेको घामले पार नलाग्ने निश्चित भएपछि गाईकै पुच्छर समाएरै भए पनि एमाले वैतर्नी तर्न खोजिरहेको छ,’ संघीय समाजवादी फोरम र नयाँ शक्तिको संयुक्त काठमाडौंको नेवारी बस्ती इंतुवहाःको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा नेता राईले भने, ‘कुनै हालतमा निर्वाचन जित्ने सत्ता स्वार्थभन्दा पर नदेख्ने एमालेजस्ता दलहरूबाट काठमाडौं महानगर क्षेत्रको मात्रै होइन मुलुककै विकास सम्बृद्धि सम्भव छैन ।’ काठमाडौंमा एमाले र राप्रपाले चुनावी गठबन्धन गरेका छन् ।
संघीय समाजवादी फोरमले संविधानमा आदिवासी जनजाति, मधेसी, शिल्पी, महिला, खसलगायतको मुद्धाहरू सम्बोधन नभएकाले आन्दोलन संविधान संशोधन हुनुपर्ने माग राख्दाराख्दै पनि स्थानीय तहको निर्वाचनमा सहभागी हुनु भनेको संघर्षकै एउटा पाटो भएको नेता राईले बताए, ‘संघीय समाजवादी निर्वाचनमा सहभागी भयो भन्दैमा संविधान संशोधनको मुद्धा छोडदैनौ ।’
जिम्मेवार राजनीतिक दल हुनुको नाताले जनताको घरदैलोमा पुग्ने कुरालाई अवसरको रुपमा लिइएको समेत राइले भने, ‘सत्तारुढ दलहरूले हामीलाई निर्वाचन विरोधी भनेर जनतामा भ्रम छरिरहेकोलाई चिर्न र पहिचान विरोधी दल र उम्मेदवारलाई परास्त गर्नका लागि निर्वाचनमा सहभागी भएका हौं ।’

Posted by on May 11 2017. Filed under Breaking News, मुख्य खबर, समाचार. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com