सम्पन्न स्थानिय तहको निर्वाचन र शक्ति ध्रुवीकरण

नन्द कन्दङ्वा

स्थानिय तहको यस पटकको निर्वाचनमा मत प्राप्तीको ट्रेण्डलाई हेर्दा ५ वटा पक्ष ज्यादै उजागार भएको छ ।

पहिलो, निर्वाचनको मोर्चावन्दी मधेस र मधेसी रहितको राष्ट्रवादको बिरुद्धमा मधेस र मधेसी सहितको राष्ट्रवाद वीच भएको देखियो । यसलाई यसो भनौ ओली राष्ट्रवाद अर्थात पर्वते क्षेत्री बाहुन महेन्द्रीय राष्ट्रवाद एकातिर र नेपाली एकल राष्ट्रवाद अर्कातिर रह्यो । नेपालको सन्दर्भमा बहुलराष्ट्रवादको तुलनामा नेपाली एकल राष्ट्रवाद स्वयम् नै हानीकारक छ भने ओली राष्ट्रवाद अर्थात पर्वते क्षेत्री बाहुन महेन्द्रीय राष्ट्रवाद त झनै खतनाक र हानीकारक छ । यि राष्ट्रवादमा पहिलो बर्चस्प पक्षधर हो भने दोस्रो बिलयीकरण पक्षधर र तेस्रो नेपालका सबै जातजाति समान र अविलय पक्षधर हुन ।

दोस्रो, नेपालमा अव राजावादी वा राजतन्त्र पक्षधर हिन्दुवादी राष्ट्रिय प्रजातन्त्र पार्टीको आवश्यक्ता नरने देखिएको छ । यसरी नै चित्र ब. केसीको जनमोर्चा, सिपी मैनालीको माले पार्टीहरुको अस्तित्व पनि एमालेमा नै विलीन हुने देखिन्छ । त्यस्तो बिचारको प्रतिनिधित्व अव स्पष्टरुपमा एमाले भनिएको दलले गर्ने देखिएको छ । एमाले धेरै अघिदेखि त्यस्तो बिचारको रुझानमा गईरहेको थियो । तर प्रष्टरुपमा आफुलाई घोषणा गरिसकेको थिएन । संविधान निर्माणको प्रकृयामा एमालेले राखेको अडान, खेलेको भूमिका तथा मधेस र आदिवासी जनजाति बिरुद्ध यसले प्रदर्शन गर्दै आएको अडान र यस पटकको स्थानिय तहको निर्वाचनमा उस्ले आफुलाई प्रष्टरुपमा पर्वते क्षेत्री बाहुन पक्षधर महेन्द्रीय राष्ट्रवादी साथै राजतन्त्रवादी समेत भएको घोषणा पनि गर्यो । यस्तो घोषणा एमालेले व्यक्त तथा अव्यक्तरुपमा बाहिर ल्यायो ।

तेस्रो, यस स्थानिय तहको प्रदेश नं. ३, ४ र ६ मा भएको निर्वाचनमा एमाले गाउपालीका अध्यक्ष तथा नगरपालीकाको मेयरको सिट बिजयमा पहिलो भएको छ । उसले लगभग ४३ देखि ४४ प्रतिशत गाउपालीका ÷नगरपालीका जित्न सफल भएको छ । यो प्रतिशत उसले जित्छौ भनि आन्तरिकरुपमा आंकलन गरेको प्रतिशत भन्दा लगभग १७ — १८ प्रतिशतले कम हो । बाहिर त उस्ले दुई तिहाई नै जित्छौ भन्यो । संविधान सभाको सिट बिजयमा हेर्दा एमालेले हाल प्रदेश नंं. ३, ४ र ६ मा पाएको सफलता १०—११ प्रतिशतले बढी हो । हुन त दोस्रो चरणको निर्वाचनले एमालेलाई कहा पुर्याउछ त्यो अहिले भन्न सकिन्न । तर सामायन्य आकडामा उ दोस्रो पोजिसनमा आउछ भन्ने देखिन्छ । हाल पाएको सफलतालाई हेर्दा एमाले पर्वते क्षेत्री बाहुन महेन्द्रीय राष्ट्रवादी साथै राजतन्त्रवादी समेत भएकोबाट राप्रपालाई आउने मत उसैले लिन सफल भएको छ । यसैगरि, प्रदेश नं. ३, ४ र ६ मा हालको स्थानिय तहको निर्वाचनमा कांग्रेसले ३७ प्रतिशत गाउपालिका/नगरपालिकाको अध्यक्ष तथा मेयरमा जित हासिल गरेको छ । यो संविधान सभाको सिट संख्यामा प्राप्त प्रतिशत भन्दा ३ प्रतिशतले बढी हो । यसरी नै माओवादीले १६ प्रतिशत जित हासिल गरेको छ जुन संविधान सभामा प्राप्त सिट संख्याको प्रतिशत भन्दा २% ले बढी हो । यो कोणबाट हेर्दा एमालेको निकै प्रगति भएको देखिन्छ तर २०५४ को स्थानिय तहको निर्वाचनको परिणामको तुलनामा भने कम हो र उस्ले जित्छौ भनि आमसंन्चारमा घोषणा गरेको आधारमा हार हो ।

यसले के देखाउछ भने साना तिना दलहरु धरासयी भएको देखिन्छ भने ठुला भनिएका दलहरु खास गरि एमाले, कांग्रेस र माओवादी केन्द्रहरुको प्रगति नै भएको देखिन्छ । शायद सत्ता पक्ष र प्रतिपक्षले थ्रेसोल्ड लगायत साना दलहरुलाई चुनाव चिन्हमा लगाएको प्रतिबन्धात्मक व्यवस्था मार्फत गर्न खोजेको उदेश्य पनि यहि होला ।

चौथो, प्रदेश नं. ३, ४ र ६ मा भएको स्थानिय तहको निर्वाचनमा ओली राष्ट्रवाद अर्थात पर्वते क्षेत्री बाहुन पक्षधर महेन्द्रीय राष्ट्रवाद र नेपाली एकल राष्ट्रवाद वीचको मोर्चाबन्दी र सफलतामा पहिचान पक्षधर बहु÷बहुल राष्ट्रवादीहरु देखा पर्न सकेनन् । यो तेस्रो धारले अव हुने प्रदेश नं. १, २, ५ र ७ मा कस्तो परिणाम ल्याउछन् भन्ने हेर्न बाकी नै छ । अहिले यस धारले ति प्रदेशहरुमा थोरै प्रतिशत सिट संख्या ल्याउने नल्याउने कार्यले उनीहरुको आगामी भविष्य निर्धारण गर्नेछ ।
पाचौ, यहि स्थनिय तहको निर्वाचनकै समयमा राजनीतिक दलहरु — ओली राष्ट्रवाद अर्थात पर्वते क्षेत्री बाहुन पक्षधर महेन्द्रीय राष्ट्रवादी, नेपाली एकल राष्ट्रवादी र बहु÷बहुल राष्ट्रवादी — ३ वटा शक्तिमा ध्रुविकरण भईरहेको देखिएको छ । पहिलो शक्ति ध्रुवमा एमाले, राप्रपा, जनमोर्चा (चित्र ब. केसी), सिपी माले लगायतका दलहरु एक ठाउमा आउने क्रम चलिरहेको छ भने दोस्रो शक्ति ध्रुवमा कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरु एक ठाउमा आउने क्रम चलिरहेको छ । यसैगरि, तेस्रो शक्ति ध्रुवमा संघिय समाजवादी फोरम, राजपा लगायतका विभिन्न साना ठुला पहिचानवादी दलहरु अर्को ठाउमा उभिने क्रम पनि चलिरहेको छ । यस्तो शक्ति ध्रुवीकरणले दोस्रो चरणमा हुने स्थानिय तहको निर्वाचनमा कस्तो परिणाम आउछ त्यो हेर्न बाकी नै छ ।

कन्दङ्वाकै आफ्नो फेसबुकबाट

Posted by on May 25 2017. Filed under Breaking News, दृष्टिकोण. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com