ससफो, कांग्रेस र माओवादी केन्द्रबाट रामसिंह राईले अध्यक्षमा उम्मेदवारी दिने

भोजपुर, १२ जेठ । संघीय समाजवादी फोरम, नेपाली कांग्रेस र माओवादी केन्द्रको तर्फबाट भोजपुरको टेम्के मैयुङ गाउँपालिकाको अध्यक्षमा रामसिंह राईको उम्मेदवारी निश्चित भएको छ ।

सोही गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका सरोज बस्नेतले उम्मेदवारी दिने निश्चित भएको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन सरकारले २०७४ जेठ ३१ गते तोकिएको छ भने पहिलो चरणको निर्वाचन गत वैशाख ३१ गते सम्पन्न भइसकेको छ ।
ससफो नेपालका केन्द्रीय सदस्य रहेका राईलाई तीन दलको तर्फबाट संयुक्त उम्मेदवारको रुपमा प्रस्तुत गरिएको पार्टी स्रोतले बताएको छ, ‘ससफो नेपाल, कांग्रेस, माओवादी केन्द्र स्थानीय आवश्यकता र अवस्था हेरेर भोजपुरका केही गाउँपालिका र नगरपालिकाहरूमा चुनावी तालमेल गरिएको छ ।’
तीन पार्टीको चुनावी गठबन्धनप्रति टेम्के मैयुङ गाउँपालिकाका जनता उत्साहित देखिएको समेत जनाइएको छ । साविकका ८ वटा गाविसहरू सम्मिलित टेम्के मैयुङमा ८ वटा नै वडाहरू रहेका छन् ।

Posted by on May 26 2017. Filed under Breaking News, राजनीति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com