ससफोमा राजपाका केन्द्रीय नेतासहित हजारौं प्रवेशः उपेन्द्रलाई प्रवेश गराउन भ्याईनभ्याई

रौतहट १३, जेठ । स्थानीय तहको दोस्रो चरणको चुनाव नजिकै गर्दा संघीय समाजवादी फोरम, नेपालमा प्रवेश गर्नेको लहर पनि तीब्र बनेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले शनिबार एकै दिन हजारौं नेता कार्यकर्तालाई पार्टीमा प्रवेश गराएका छन् ।

ससफो, नेपाल रौतहटले जिल्लामा आयोजना गरेको पार्टी प्रवेश अध्यक्ष यादवले राजपाका केन्द्रीय सदस्य धिरेन्द्र यादवसहित सक्रिय कार्यकर्ताहरूलाई प्रवेश गराए ।

एमाले पूर्वगाविस अध्यक्ष एवं चर्चित नेता रामप्रसाद यादवलगायत सयौं नेता कार्यकर्ता छन् । हिजो शुक्रबार मात्रै रुपन्देहीमा चर्चित नेतासहित ठूलो संख्यामा कार्यकर्ताहरू ससफो, नेपालमा प्रवेश गरेका थिए ।
नवप्रवेशी राजपा केन्द्रीय सदस्य यादवले मधेसी जनताको अधिकारका लागि आन्दोलन जरुरी हुँदाहुँदै अहिलेको अवस्थामा चुनावलाई रणनीतिक रुपमा प्रयोग गर्नुपर्ने बताए, ‘मधेश र उत्पीडित जनताको अधिकार दिलाउन जुनसुकै अवस्थामा लागिरहनु पर्छ ।’

एमाले परित्याग गरी प्रवेश गरेका गाविस अध्यक्ष यादवले एमाले मधेश विरोधी भएको र नश्लिय चरित्र बोकेकोले एमालेले राष्ट्रिय एकता कायम राख्न नसक्ने बताए ।

सो पार्टी प्रवेश कार्यक्रममा ससफो, नेपालका केन्द्रीय सदस्य रेवन्त झा, योगेन्द्रराय यादव र रौतहटका कार्यवहाक अध्यक्ष धर्मेन्द्र पटेल लगायत नेताहरूको उपस्थिति थियो ।

Posted by on May 27 2017. Filed under Breaking News, मुख्य खबर, राजनीति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com