ससफो नेपालद्वारा कैलालीको ६ वटा स्थानीय तहमा उम्मेदवार घोषणा


थारु र मधेसीमाथि गोली बर्साउनेलाई जनताले चिनेका छन् : होरीलाल चौधरी

धनगढी, १७ जेठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि कैलालीका केही नगर र गाउँपालिकामा संघीय समाजवादी फोरम, नेपालले उम्मेदवारी घोषणा गरेको छ ।
तेह्रवटा स्थानीय तह रहेको जिल्लामा बुधबारसम्ममा दुईवटा नगरपालिका र एउटा गाउँपालिकामा प्रमुख पदको उम्मेदवार घोषणा गरिएको हो ।

जानकी नगरपालिकामा ससफोबाट जनक चौधरीलाई मेयरको उम्मेदवार बनाइएको छ । यसैगरी टिकापुर नगरपालिकाको मेयरमा भने गोवद्र्धन विकलाई मेयरको रुपमा अघि सारिएको छ । दुवै नगरपालिकाको उपमेयरमा भने नयाँ शक्ति पार्टीबाट उम्मेदवार बनेका छन् ।

कैलालीको जोशीपुर गाउँपालिकाको अध्यक्षमा चन्द्रप्रकाश चौधलीलाई उम्मेदवार बनाइएको छ । उनी ससफो नेपाल थरुहट तराई प्रदेश समितिका सदस्य हुन् ।
यस गाउँपालिकाको उपाध्यक्षमा नयाँ शक्ति पार्टीको उम्मेदवार बन्नेछन् ।

घोडाघोडी नगरपालिकाको उपमेयरमा भने ससफो नेपालको तर्फबाट सुशीला चौधरीलाई उम्मेदवार बनाइएको छ । यस नगरपालिकाको मेयरमा भने नयाँ शक्ति पार्टीको तर्पmबाट उम्मेदवारी दिइनेछ ।

कैलालीको गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकाको प्रमुखमा नयाँ शक्ति पार्टीबाट उम्मेदवारी दिने सहमति भएको छ ।

कैलालीमा धनगढी उपमहानगरपालिका (१९), टिकापुर (९), लम्किचुहा(१०), घोडाघोडी (१२), भजनी (९), गोदावरी (१२) र गौरीगंगा (११) गरी ६ वटा नगरपालिका छन् भने जानकी (९), बर्दगोरिया (६), मोहन्याल (७), कैलारी (९), जोशीपुर (७), चुरे (६) गरी ६ वटा गाउँपालिकाहरू छन् । जसमा १ सय २६ वटा वडाहरू रहेका छन् ।

थरुहटको कैलालीबाट एमाले लगायतका आदिवासी जनजाति र मेधसी विरोधी दलहरूलाई जनताले नरुचाउने संघीय समाजवादी फोरमका राजनीतिक समिति सदस्य होरीलाल चौधरीले बताए ।

‘थरुहट र मधेस आन्दोलनका बेला एमाले सबैभन्दा विरोधी भएकोले एमालेलगायत दललाई बढार्ने अभियान जारी रहेको छ,’ उनले भने, ‘थारु र मेधसीमाथि गोली हान्ने सत्तासिन दलहरूलाई थरुहटका जनताले चिनेका छन् ।’

‘थरुहटका जनतामाथि एमाले, कांग्रेस र माओवादीले गरेको ज्यादती राम्रोसँग थाहा छ,’ ससफो नेपाल, तराई–थरुहट प्रदेश समितिका अध्यक्ष समेत रहेका नेता चाधरीले भने, ‘पहिलो कुरा त जनताले यो कुरा बुझेका छन्, यदि अहिले नै नबुझे पनि ढिलो चाँडो यो कुरा बुझ्ने छन् । त्यसैले जनताले यतिबेला एमाले लगायत दलको बिरुद्ध आफ्नो मतलाई सही ढंगले प्रयोग गर्नेछन् ।’

उम्मेदवारी तय हुन बाँकी अन्य नगरपालिका र गाउँपालिकाको प्रमुख र उपप्रमुखहरूका लागि पनि सहमति जुटाउने प्रयास भइरहेको ससफो नेपाल कैलालीका सचिव दलबहादुर घर्तीले जानकारी दिए ।
कैलालीअन्तर्गतका स्थानीय तहमा कुनै पनि वडाहरू खाली नराखेर दुवै पार्टीबीच उम्मेदवारी तय भइरहेको समेत सचिव घर्तीले बताए ।

Posted by on May 31 2017. Filed under Breaking News, मुख्य खबर, समाचार. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com