भोजपुरमा पहिचानविरोधी एमालेलाई एक्लाए

भोजपुर, १७ जेठ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भोजपुर जिल्लामा संघीय समाजवादी फोरम, नेपाली कांग्रेस र माओवादी केन्द्रबीच तालमेल गरिएको छ ।
भोजपुरका नौ स्थानीय तहमध्ये टेम्केमैयुङ गाउँपालिका, साल्पासिलिछो गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसाद राई गाउँपालिकामा तालमेल गरिएको छ ।
पहिचान र समानुपातिक समावेशी नीतिप्रति अनुदार रहँदै आएको नेकपा एमालेलाई एक्लाउदै तीन दलबीच तालमेल गरिएको हो ।

टेम्केमैयुङ गाउँपालिका अध्यक्षमा रामसिंह राई
टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका रामसिंह राईलाई साझा उम्मेदवार बनाइएको छ । यस गाउँपालिकामा माओवादी केन्द्र, कांग्रेस र समाजवादी फोरमबीच तालमेल गरिएको हो ।
टेम्केमैयुङ गाउँपालिकाको उपाध्यक्षमा सरोज बस्नेतलाई उम्मेदवार बनाइएको छ । उनी नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन् । माओवादी केन्द्रलाई भने वडा तहमा समेटिएको समाजवादी फोरम भोजपुर जिल्ला समितिका अध्यक्ष आशकुमार राईले बताए ।

साल्पासिलिछो गाउँपालिका अध्यक्षमा महेश राई  
साल्पासिलिछो गाउँपालिकामा भने हाल कांग्रेस र समाजवादी फोरमबीच मात्रै तालमेल गरिएको छ ।
यस गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट महेश राईलाई उम्मेदवार बनाइएको छ । उपाध्यक्षमा भने समाजवादी फोरमका वीरकुमार राईलाई उम्मेदवार बनाइएको छ । वीरकुमार राई शिक्षक हुन् । दुई दलबीचको तालमेलबाट चुनावमा विजयी हुने सम्भावना रहेकाले शिक्षकबाट राजीनामा दिएर उनी उम्मेदवार बनेका हुन् । दुई दलबीचको तालमेल अनुसार वडामा पनि अध्यक्ष र सदस्यहरू मिलाइएको छ ।

हतुवागढी गाउँपालिका अध्यक्षमा मदन खुलाल
हतुवागढी गाउँपालिकामा कांग्रेस, माओवादी केन्द्र र समाजवादी फोरमबीच कार्यगत एकता गरिएको छ ।
यस गाउँपालिकाको अध्यक्षको उम्मेदवार कांग्रेसबाट मदन खुलाललाई बनाइएको छ । उपाध्यक्षको उम्मेदवार भने माओवादी केन्द्रबाट सुनिता राईलाई बनाइएको छ ।
‘हामीलाई चाहिँ वडा तहमा समेट्ने सहमति भएको छ,’ समाजवादी फोरम भोजपुर जिल्ला अध्यक्ष राईले भने, ‘जहाँजहाँ हाम्रो पकड राम्रो छ त्योत्यो वडामा समाजवादी फोरमबाट अध्यक्षको उम्मेदवार बनाइँदैछ ।’

रामप्रसाद राई गाउँपालिकामा दिनेश कार्की
रामप्रसाद राई गाउँपालिकामा भने कांग्रेस र समाजवादी फोरमबीच तालमेल गरिएको छ ।
यस गाउँपालिकाको अध्यक्ष कांग्रेसलाई दिइएको छ भने उपाध्यक्ष समाजवादी फोरमलाई दिइएको छ । कांग्रेसले दिनेश कार्कीलाई अध्यक्षको उम्मेदवार बनाएको छ भने समाजवादी फोरमले लक्ष्मी राईलाई अघि सारेको छ । वडा तहमा पनि दुई दलबीच कार्यगत एकता गरिएको छ ।

अन्य स्थानीय तह
आमचोक गाउँपालिका र अरुण गाउँपालिकामा भने समाजवादी फोरम एक्लै चुनावी मैदानमा छ ।
आमचोक गाउँपालिकामा दिपेन्द्र राईलाई अध्यक्षको उम्मेदवार बनाएको छ भने अरुण गाउँपालिकामा झिल खिम्बूले अध्यक्षको उम्मेदवार भएका छन् । दिपेन्द्र राई पार्टी जिल्ला समिति सदस्य हुन् भने झिल खिम्बुले समाजवादी विद्यार्थी फोरमका केन्द्रीय सदस्य हुन् ।
यसैगरी भोजपुर नगरपालिकाको मेयरको उम्मेदवार पनि टुंगो लगाइएको जिल्ला अध्यक्ष राईले बताए । आप्mनो पार्टीको तर्फबाट मेयरमा अर्जुनकुमार राईलाई उम्मेदवार बनाइएको उनले बताए ।
आमचोक गाउँपालिका, अरुण गाउँपालिका र भोजपुर नगरपालिकाको उपाध्यक्ष तथा उपमेयरको उम्मेदवार भने बुधबार (१७ जेठ)सम्ममा टुंगो लगाइने बताइएको छ ।
यता षडानन्द नगरपालिकाको उम्मेदवार पनि टुंगो लगाउन बाँकी रहेको छ । नयाँ शक्ति पार्टी नेपाल र समाजवादी फोरम दुई पार्टी बसेर मंगलबार साँझसम्ममा उम्मेदवार टुंगो लगाइनेछ ।
नयाँ शक्ति र समाजवादी फोरम हाल एउटै चुनाव चिन्ह ‘मलास’ लिएर चुनावमा भाग लिदैछन् ।
दुई पार्टीबीच एकता हुने निश्चित भएकाले तालमेल भएका ठाउँमा नयाँ शक्तिका कार्यकर्ताहरूले समाजवादी फोरमका उम्मेदवारलाई सघाउनेछन् ।
पौवादुङमा गाउँपालिकामा पनि कसकसलाई उम्मेदवार बनाउने ? भन्ने विषय टुंगो लगाइएको छैन । संगठन कमजोर भए पनि पौवादुङमामा उम्मेदवार खडा गर्ने समाजवादी फोरमले जनाएको छ ।

Posted by on May 31 2017. Filed under Breaking News, राजनीति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com