ससफो नेपालमा राजपाका दुई केन्द्रीय नेतासहित हजार प्रवेश

हातमा आएको ‘ब्यालेट’ सदुपयोग गर्न उपेन्द्र यादवको आह्वान

राजविराज १७, जेष्ठ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का दुई जना प्रभावशाली केन्द्रीय सदस्यहरू संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । जिल्लामा चुनाव जित्ने गरी जनाधार बनाएका केन्द्रीय सदस्यद्घय भीमराज यादव र भरत साहले राजपा परित्याग गरी ससफो नेपालमा प्रवेश गरे ।
सप्तरीको राजविराजमा बुधबार आयोजित पार्टी प्रवेश एवं चुनावी सभामा ससफो नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको हातबाट टिका लगाएर राजपाका नेताहरूले पार्टी प्रवेश गरेका हुन् । दुई जना केन्द्रीय सदस्यसहित करिब हजारको संख्यामा कार्यकर्ताहरूले पार्टी परित्याग गरेसँगै सप्तरीमा राजपालाई ठूलो धक्का लागेको छ ।
केन्द्रीय नेताद्घय भीमराज यादव र भरत साहको नेतृत्वमा राजपा सप्तरीका ६ सय कार्यकर्ता ससफोमा प्रवेश गरेका छन् । राजपा गठन हुनुअघि भीमराज यादव राजेन्द्र महतो नेतृत्वको तत्कालीन सद्भावना पार्टीमा केन्द्रीय सदस्य थिए । भरत साह भने शरतसिंह भण्डारी अध्यक्ष रहेको तत्कालीन राष्ट्रिय मधेश समाजवादी पार्टीमा केन्द्रीय सदस्य थिए ।
एमालेको अवरोधले संविधान संशोधनका लागि दुई तिहाई बहुमत नपुग्ने यथार्थ थाहा हुँदाहुँदै पनि चुनावलाई रणनीतिक रुपले सदुपयोग गर्नुपर्नेमा त्यसलाई गलत ढंगले लागेकाले राजपा परित्याग गरेको उनीहरूले प्रतिक्रिया दिए । प्रतिकूल परिस्थितिमा दूरगामी रणनीतिका साथ चुनावलाई पनि संघर्षकै कार्यदिशा बनाएका उपेन्द्र यादवको नीति सही लागेर ससफो नेपाल प्रवेश गरेको नवप्रवेशी राजपाका नेताद्घय यादव र साहले बताए ।
त्यसैगरी, नेकपा माओवादी केन्द्रका नेता राजेन्द्र यादव र नेपाली कांग्रेसका नेता कमल नारायण चौधरीको नेतृत्वमा तीन सय कार्यकर्ताले आ–आफ्नो माऊ पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

हातमा आएको ‘ब्यालेट’ सदुपयोग गर्न उपेन्द्र यादवको आह्वान

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको हातमा ब्यालेट आएकोले त्यसको सदुपयोग गरेर अगाडि बढ्न आह्वान गरेका छन् ।
मधेशी जनताका लागि स्थानीय तहमा प्रतिनिधित्व अवसर र रणनीतिक भएको बताउँदै उनले भने ‘अहिलेको परिस्थितिमा मधेशी जनताको हातमा अहिले ब्यालेट आएको छ, त्यसैले ब्यालेटको सदुपयोग गरेर देखाउनु जरुरी छ ।’
मधेशको स्थानीय सत्ता मधेशीको हातमा दिन चुनावलाई उपयोग गर्दै अधिकार प्राप्तिको आन्दोलन र संघर्षलाई अगाडि बढाउनुपर्नेमा अध्यक्ष यादवले जोड दिए ।
विभिन्न आन्दोलनहरूबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्न तथा मजबूत रुपमा उपस्थिति देखाउनकै लागि आफूहरू चुनावमा भाग लिएको बताउँदै उनले भने ‘अघिल्लो संविधानसभाको निर्वाचनमा मधेशबाट मधेशीहरूको उल्लेख्य रहे पनि दोस्रो संविधानसभाको चुनाव व्यापक सहभागिता लागि मधेशको मुद्दा स्थापित गर्न थप संघर्ष गर्नुपरेको छ ।’
निर्वाचनलाई पनि आन्दोलनकै रुपमा उपयोग गर्न लागिएको समेत अध्यक्ष यादवले बताए ।

Posted by on May 31 2017. Filed under Breaking News, समाचार. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com