लिम्बुवान राज्य प्राप्तिको मुद्दा छोडिएको छैन : खगेन्द्र माखिम


काठमाडौं, १८ जेठ । संघीय समाजवादी फोरम नेपालका नेता खगेन्द्र माखिमले आफूले लिम्बुवान राज्य प्राप्तिको मुद्दा नछोडेको बताएका छन् ।
पार्टीअन्तर्गत लिम्बुवान प्रदेश समितिका अध्यक्ष समेत रहेका उनले लिम्बुवान प्रदेश प्राप्तिकै लागि संघीय लिम्बुवान पार्टी र संघीय समाजवादी फोरम नेपालबीच एकता गरिएको प्रष्ट पारे ।
केही समयअघि माखिम नेतृत्वको संघीय लिम्बुवान पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच एकता गरिएको थियो । एकतापछि माखिमलाई लिम्बुवानको मुद्दा छोडेको भन्दै आलोचना गरिएको थियो ।
‘सम्पूर्ण पहिचानवादी शक्तिहरू एक भएर संघर्ष गर्नु नै अहिलेको राजनीतिक आवश्यकता हो,’ लिम्बुवानी नेता माखिमले भने, ‘वास्तवमा लिम्बुवान प्राप्तिको आन्दोलनलाई सफल बनाउनकै लागि पार्टी एकता गरिएको हो ।’
पार्टी एकतापछि लिम्बुवानका कार्यकर्ताहरूमा उत्साह छाएको र हाल चुनावी अभियान समेत उत्साहजनक ढंगले अघि बढिरहेको उनले बताए ।

चुनावलाई आन्दोलनको रुपमा उपयोग मात्रै गर्ने

नेता माखिमले स्थानीय तहको निर्वाचनलाई पार्टीले हाल उपयोग मात्रै गरेको बताएका छन् । स्थानीय तहको निर्वाचनबाट पहिचान सहितको राज्य प्राप्त नहुने उनले बताए ।
‘जनतालाई आफ्नो पक्षमा लिएर नयाँ नीति बनाएर आन्दोलनमा जाने एउटा माध्यम हो स्थानीय चुनाव,’ उनले भने, ‘यही कारण संविधान संशोधन नभए पनि हाम्रो पार्टी निर्वाचनलाई संघर्षको रुपमा लिदैँ अघि बढेको हो ।’
स्थानीय तहको निर्वाचनमा गएपछि आफ्नो मत कति छ भन्ने प्रष्ट हुने र त्यसले नयाँ नीति र कार्यदिशा तय गर्न सहयोग पुग्ने उनले बताए । ‘हामीले यो चुनावबाट आम पहिचानवादी जनतालाई एक ठाउँमा ल्याउनुपर्नेछ,’ उनले भने, ‘तैपनि यो चुनावबाट लिम्बुवान प्राप्त हुँदैन, चुनाव एउटा साधन मात्रै हो ।’

संघीयताको सवाल मधेस र लिम्बुवानका जनतालाई सोधौ

पहिचान र संघीयता मधेस र लिम्बुवानका जनतालाई नै बढी आवश्यकता परेको माखिमले बताए ।
‘संघीयता के हो ? मधेसको जनतालाई सोध्नुहोस्, लिम्बुवानको जनतालाई सोध्नुहोस्, या किरातकालाई सोध्नुहोस्,’ उनले भने, ‘काठमाडौंमा बसेर पहिचान र संघीयताको सवाल सोधेर हुँदैन ।’
उनले २१ औ शताब्दीका जनता सचेत रहेकाले अबको निर्वाचनमा जनताले हातले समाएकाउ मसाल चुनाव चिन्ह रहेको संघीय समाजवादी फोरमलाई मतदान गर्ने बताए । संघीयता स्थापित गर्ने मधेसका जनताले एमाले र कांग्रेसजस्ता दलहरूलाई राम्रोसँग बुझेको उनको कथन छ ।

Posted by on Jun 1 2017. Filed under Breaking News, राजनीति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com