ओली र पूर्वराजा ज्ञानेन्द्र एउटै भन्दै खनिए पहिचानवादी नेता युवराज कार्की

ससफो नेपालमा सिङ्गो राष्ट्रिय मधेश एकता पार्टी भित्रियो

अर्जुन जम्नेली राई
मोरङ १९, जेठ । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय मधेश एकता पार्टीबीच शुक्रबार एकीकरण भएको छ ।
पहिचान, अधिकार र संघीयताको सवालमा ससफो नेपाल पहिलो पार्टी भएको भन्दै राष्ट्रिय मधेश एकता पार्टी मिसिएको छ ।
शुक्रबार विराटनगरमा आयोजित पार्टी एकीकरण कार्यक्रममा संघीय समाजवादी फोरमको केन्द्रीय उपाध्यक्ष युवाराज कार्कीले पहिचानको आवाजलाई अझ बुलन्द बनाउन बाबुराम कार्की अध्यक्ष रहेको पार्टीलाई स्वागत गरेर ससफो नेपालमा भित्र्याएका छन् ।
ससफो नेपाल र राष्ट्रिय मधेश एकता पार्टीको नीति, सिद्धान्त एउटै भएकोले सँगै एउटै झन्डामुनि उभिएर संघर्ष गर्न पार्टी एकता गरेको राष्ट्रिय मधेश एकता पार्टीका अध्यक्ष बाबुराम कार्कीले बताए ।

ओलीको गद्दारीले गर्दा संविधान संशोधन हुन सकेन– युवराज कार्की

पार्टी एकीकरण समारोहलाई सम्बोधन गर्दै ससफो नेपालका केन्द्रीय उपाध्यक्ष युवराज कार्कीले एमाले अध्यक्ष केपी ओली पूर्व राजा ज्ञानेन्द्रसँग मिलेर गणतन्त्र सिध्याउने खेलमा लागेको आरोप लगाएका छन् ।
देखाउनलाई बाहिर लोकतान्त्रिक देखिने एमाले जस्ता केही छद्मभेषी दलले गणतन्त्र सिध्याउन निर्वाचन षड्यन्त्र रचेपछि संघीय समाजवादी फोरम नेपालले चुनावलाई पनि संघर्षकै रुपमा लिएर निर्वाचनमा गएको स्पष्ट गरे ।
पहिचानवादीको आन्दोलनको कारण प्रचण्ड सरकारले संविधान संशोधन गर्न लाग्दा एमाले अध्यक्ष केपी ओली र ज्ञानेन्द्र मिलेर राप्रपाको १० जना सांसद बेपत्ता बनाएको नेता कार्कीले आरोप लगाए ।
‘ज्ञानेन्द्र एक्लै लाग्दा उनलाई जनताले झुण्ड्याउन सक्थे’– ओली र ज्ञानेन्द्रप्रति खरो विरोधमा उत्रिएका उपाध्यक्ष कार्कीले भने, ‘ओलीसमेत गणतन्त्र मास्ने खेलमा लागेपछि हामी निर्वाचनमा जान बाध्य भएका हौं ।’
ओलीको गद्दारीले गर्दा संविधान संशोधन हुन नसकेको समेत नेता कार्कीले ठोकुवा गरे ।

Posted by on Jun 2 2017. Filed under Breaking News, मुख्य खबर, राजनीति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com