निर्वाचनमा सहभागी हुँदैमा संविधान स्वीकारिएको हुँदैन: उपाध्यक्ष रकम चेम्जोङ


धनकुटा, २० जेठ । स्थानीय तहको निर्वाचनमा सहभागी हुनुको अर्थ संविधान पूर्ण रुपमा स्वीकारिएको भन्ने कुरा गलत भएको संघीय समाजवादी फोरमका उपाध्यक्ष रकम चेम्जोङले बताएका छन् ।
‘संविधानप्रति अस्वीकार्यताको सवाल जुन हाम्रो पार्टीको अडान कायमै छ,’ नेता चेम्जोङले भने, ‘निर्वाचन लोकतन्त्र अभ्यासको माध्यम भएकाले असन्तुष्टि हुँदाहुँदै पार्टी निर्वाचनमा सहभागी भएको हो ।’
‘स्थानीय निर्वाचनमा सहभागी हुँदैमा पहिचान र अधिकारको मुद्धा छोडिएको छैन,’ शनिवार संघीय पोस्टसँग कुरा गर्दै पूर्व मन्त्री चेम्जोङले भने, ‘निर्वाचनलाई आन्दोलनकै रुपमा लिइएको छ । संघीय समाजवादी फोरमलाई कमजोर पार्ने सुनियोजित षड्यन्त्रपूर्ण तवरले प्रचारबाजी मात्रै गरिएको हो । त्यो सम्भव छैन ।’
स्थानीय तहको निर्वाचनमा सहभागी भएपछि संघीय समाजवादी फोरमले संविधान स्वीकार्यो भन्ने जनमानसमा पारिएको भ्रमतर्फ इंगित गर्दै उपाध्यक्ष रकम चेम्जोङले थप भने, ‘पहिचान र अधिकारका लागि यो पार्टीभन्दा अरु हुनै सक्दैन । त्यो कुरा सचेत जनताले बुझेका छन् । र व्यवहारले थप पुष्टि समेत गर्नेछ ।’
नेपाललाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउनका लागि पनि देशको मूल कानून संविधानप्रति सबैको स्वामित्व बढाउन संशोधन अपरिहार्य भएको नेता चेम्जोङ भने ।
पूर्वी नेपालको पहाडी जिल्लाहरूका धेरैजसे गाउँपालिका, नगरपालिकाहरूमा संघीय समाजवादी फोरम, नेपाली कांग्रेस, माओवादी केन्द्र, नयाँ शक्तिबीच चुनावी तालमेल गरिएको छ ।
स्थानीय तहको दोश्रो चरणको निर्वाचनलाई लक्षित गरी भोजपुरमा सबैजसो पालिकाहरूमा र ताप्लेजुङ, पाँचथरमा केही पालिकाहरूमा गठबन्धन गरिएको छ । बाँकि पालिकाहरूमा पनि गठबन्धनका लागि छलफल भइरहेको जनाइएको छ ।
निर्वाचनमा भाग लिइसके पछि जित्नका लागि गठबन्धन गरिएको समेत चेम्जोङले बताए, ‘एमाले इतरका दलहरूको गठबन्धनले पहिचान पक्षधर जनताहरू उत्साहित छन् ।’
देशको आर्थिक अवस्था दयनीय बनाउन ठूला भनिएका दलहरू नै बाधक भएको उनले आरोप समेत लगाए ।

Posted by on Jun 3 2017. Filed under Breaking News, राजनीति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com