ससफो नेपालले संविधान संशोधन प्रतिबद्धता आएपछि देउवालाई मतदान गर्ने

काठमाडौं, २१ जेठ । संघीय समाजवादी फोेरम नेपालले प्रधानमन्त्री उम्मेदवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मतदान गर्ने निर्णय गरेको छ ।
आइतबार ससफो नेपालको संसदीय दलको कार्यालय सिंहदरबारमा दलका नेता अशोक कुमार राईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
कांग्रेस सभापति देउवाले प्रधानमन्त्री निर्वाचनपछि संविधान संशोधन गरेर आदिवासी जनजाति, मधेसी, थारुलगायत समुदायको माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता जनाएपछि ससफो नेपालले देउवाको पक्षमा मतदान गर्ने निर्णय गरिएको बताइएको छ ।
ससफो नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सम्बोधन गर्दै प्रधानमन्त्रीका उम्मेदवार देउवाले संघीय समाजवादी फोरमलाई पठाइएको लिखित पत्रमा भनिएको छ, ‘स्थानीय तहको प्रथम चरणको निर्वाचन भइसकेको वर्तमान अवस्थामा अब तोकिएको मितिमा दोस्रो चरणको निर्वाचन गरी संविधान संशोधनलगायत राजनीतिक दलहरूको बीचमा भएको सहमतिलाई कार्यान्वयन गर्दै बाँकी सबै तहको निर्वाचन सम्पन्न गर्नु हाम्रो मुख्य राष्ट्रिय ऐजेन्डा हुने कुरा स्मरण गराउन चाहन्छु ।’
देउवालाई मतदान गरेर समर्थन जनाए पनि ससफो नेपाल सरकारमा भने अहिले नजाने जनाएको छ ।

Posted by on Jun 4 2017. Filed under मुख्य खबर, समाचार. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2018 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com