ससफो नेपालले राम्रो नतिजा हासिल गर्ने उपाध्यक्ष राउतको दाबी


काठमाडौं, २४ जेठ । संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले राम्रो नतिजा हासिल गर्ने दाबी गरेका छन् ।
व्यवस्थापिका–सांसद समेत रहेका राउतले अब हुने निर्वाचनका क्षेत्रहरू आप्mनो पार्टीको आधार इलाका भएको बताए । दोस्रो चरणको निर्वाचन अनुरुप आगामी असार १४ गते प्रदेश नम्बर १, २, ५ र ७ मा निर्वाचन हुँदैछ ।
पहिलो चरणको निर्वाचन भएको क्षेत्रमा आफ्नो पार्टीको संगठन समेत कमजोर रहेको उनले बताए ।
चुनावी प्रचार र तयारी गर्न नपाइकनै पहिलो चरणको निर्वाचनमा होमिनु परेकाले पनि आफ्नो पार्टीले सफलता प्राप्त गर्न नसकेको उनको कथन छ ।
‘पहिलो चरणको निर्वाचन जुन ठाउँमा गरियो त्यहाँ हाम्रो संगठनात्मक धरातल पनि कमजोर थियो । चुनाव जित्नका लागि जुन खालको रणनीति र तयारी गर्नुपथ्र्यो त्यो पनि गर्न पाइएन,’ सांसद समेत रहेका राउतले भने, ‘अब जुन जुन ठाउँमा निर्वाचन हुँदैछ ती हाम्रो आधार इलाका हो । दोस्रो चरणको निर्वाचन पछि पक्कै पनि हाम्रो राम्रो उपस्थिति हुनेछ ।’
अबको निर्वाचन जित्नका लागि पार्टीले धेरै विचार गरेर उपयुक्त व्यक्तिलाई उम्मेदवार बनाउनु पर्ने उनले बताए । तर गलत व्यक्तिलाई उम्मेदवार बनाइएको खण्डमा त्यसले पराजय मात्रै नभएर पार्टी संगठन समेत ध्वस्त हुने उनले जोड दिए ।
‘चुनाव रणनीतिले जितिन्छ, चुनाव साधन स्रोतले जितिन्छ, चुनाव जित्न धेरै कुरा मिलाउनुपर्छ,’ उनले भने, ‘मत भए पनि मत घुमाउन सक्नुपर्छ, उपयुक्त उम्मेदवार हुनुपर्छ । राम्रो उम्मेदवार दिन सकियो भने अन्य पार्टीका मत पनि तान्न सकिन्छ ।’

Posted by on Jun 7 2017. Filed under Breaking News, मुख्य खबर, समाचार. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com