खोटाङको साकेला गाउँपालिकामा ससफो नेपालबाट सबै उम्मेदवारहरू टुंगियो


खोटाङ, २४ जेठ । संघीय समाजवादी फोरम नेपालले खोटाङको साकेला गाउँपालिकाको सबै उम्मेदवारहरू टुंगो लगाएको छ ।
साकेला गाउँपालिकाको अध्यक्षको उम्मेदवार सनबहादुर राईलाई बनाइएको छ । उपाध्यक्षमा लक्ष्मी राईलाई उम्मेदवार बनाइएको छ ।
५ वटा वडा भएको यस गाउँपालिकाको सबै वडाको वडा अध्यक्ष र सदस्यहरूको उम्मेदवार पनि टुंगो लगाइएको छ ।
वडा नम्बर १ मा नारानप्रसाद राई, २ मा युवराज राई, ३ मा चौकबहादुर राई, ४ मा शिवप्रसाद फुयाँल र ५ मा मोतीकर्ण राईलाई उम्मेदवार बनाइएको छ ।
जसमध्ये वडा नम्बर ३ मा नेपाली कांग्रेससँग तालमेल गरिएको छ । वडा नम्बर ३ का प्रस्तावित वडा अध्यक्षका उम्मेदवार चौकबहादुर राई नेपाली कांग्रेसबाट हुन् । सो वडमा संघीय समाजवादी फोरमलाई भने तीन जना सदस्य दिइएको छ ।
वडा नम्बर ३ बाहेक सबै वडाका वडा अध्यक्षहरूको उम्मेदवार संघीय समाजवादी फोरम नेपालबाट हुन् ।
उम्मेदवारहरूको टुंगो लगाएपछि हाल चुनावी अभियान र घरदैलो सुरु गरिएको साकेला गाउँपालिकाको अध्यक्षको उम्मेदवार सनबहादुर राईले बताए ।
‘एक चरण सबै वडामा घरदैलो गरिसकेका छौ,’ ससफो खोटाङ जिल्लाको इन्चार्ज समेत रहेका उनले भने, ‘मतदाताहरूले यस पटक पार्टी भन्दा पनि व्यक्तिलाई हेर्ने, विगतदेखि गाउँमा बसेर जनताको काम गर्ने व्यक्तिलाई नै मतदान गर्ने मैले पाएको छु ।’
साकेला गाउँपालिकामा एमालेबाट बद्री राई र माओवादी केन्द्रबाट अर्जुन खड्कालाई अध्यक्षको उम्मेदवार बनाइएको छ । नेपाली कांग्रेसले भने अभैm पनि उम्मेदवार टुंगो लगाउन सकेको छैन ।

Posted by on Jun 7 2017. Filed under राजनीति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com