उदयपुरको बेलका नगरपालिकामा ससफोबाट टिकाराम थामी मेयरको उम्मेदवार


उदयपुर, २६ जेठ । संघीय समाजवादी फोरम नेपालले उदयपुरको बेलका नगरपालिकाको सबै उम्मेदवारहरू टुंगो लगाएको छ ।
नगरपालिकाको मेयर (प्रमुख)मा टिकाराम थामी र उपप्रमुखमा सरस्वती राईलाई उम्मेदवार बनाइएको छ । उम्मेदवार टुंगो लगाएर घोषणासँगै चुनावी अभियान पनि सुरु गरिएको छ ।
किरात प्रदेश समितिका कोषाध्यक्ष गणेश राईका अनुसार बेलका नगरपालिकाका वडा नम्बर ३, ४, ५, ६ र ७ मा क्रमशः शिवबहादुर राई, नर मगर, भिम मगर, धनबहादुर थामी, चन्द्रकुबेर थुलुङलाई वडा अध्यक्षको उम्मेदवार घोषणा गरिएको छ ।
वडानम्बर १ र २ मा भने नयाँ शक्ति पार्टी नेपालबाट उम्मेदवार बनाइएको छ । बाँकी केही वडामा भने नेकपा माओवादी केन्द्रसँग तालमेल गर्नका लागि उम्मेदवार उठाइएको छैन ।‘माओवादी केन्द्रसँग तालमेल भएपछि मात्रै ती वडाका उम्मेदवारहरू टुंगो लगाइनेछ,’ कोषाध्यक्ष राईले भने ।

Posted by on Jun 9 2017. Filed under Breaking News, समाचार. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com