ससफो नेपाल र सद्भावना पार्टीबीचको एकताले पहिचानवादी थप उत्साहित


काठमाडौं, २६ जेठ । संघीय समाजवादी फोरम नेपाल र नेपाल सद्भावना पार्टीबीच एकता भएको छ ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र पूर्वमन्त्री सरित गिरी नेतृत्वको नेपाल सद्भावना पार्टीको एकताले पहिचानवादी र संघीयतावादी पक्षधरहरुलाई उत्साह थपेको बताइएको छ ।
रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलन गरेर यी दुई पार्टीबीच एकता भएको औपचारिक रुपमा घोषणा गरिएको हो ।
पार्टी एकता कार्यक्रमका सभापति समेत रहेका ससफो नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नव–निर्वाचित सरकारले संविधान संशोधनको लागि गरेको बाचा तत्काल पुरा गर्नुपर्ने बताए ।
अध्यक्ष यादवले भने, ‘प्रधानमन्त्री देउवाले हामीसँग जुन प्रण गर्नुभएको छ, ती सबै बाचा पुरा गरेर आउने असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा जनतासहभागिता बढाउने वातावरणको निर्माण गर्नुहुने छ।’


त्यस्तै पार्टी एकता कार्यक्रममा नेपाल सद्भावना पार्टीकी राष्ट्रिय अध्यक्ष सरिता गिरीले मधेसका जनता निर्वाचनको पक्षमा रहेको दाबी गरिन् ।
म विगत दुई महिनादेखि मधेशमा छु, त्यहाँका जनता निर्वाचनको पक्षमा छन्, २० वर्षदेखि रिक्त रहेका स्थानीय तहमा जनताले आफ्ना अधिकार प्राप्त गर्ने यो सुनौलो मौका हो,’ उनले भनिन्, ‘अर्कोतर्फ हामीले संविधान आलोचनात्मक रुपमा स्वीकार गरेका छौं, यस संविधानलाई अभ्यासको माध्यमबाट नै स्विकार्यता बढाउनुपर्छ, केही प्रगतिशिल कुराहरु छन्, यस्ता कुरालाई संस्थागत गर्नुपर्छ।’
एकता कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गिरीले विगत लामो समयको गृहकार्यपछि संघीय समाजवादी फोरमसँग आफ्नो एकतामा परिणत भएको जानकारी दिएकी थिइन् ।
पर्टी एकता कार्यक्रममा संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, सचिव रत्नेश्वरलाल कायस्थ, ससफो नेपालका सल्लाहकार समिति सभापति महेशमान श्रेष्ठलगायत नेताहरुको उपस्थिती रहेको थियो ।

Posted by on Jun 9 2017. Filed under Breaking News, मुख्य खबर, राजनीति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

1 Comment for “ससफो नेपाल र सद्भावना पार्टीबीचको एकताले पहिचानवादी थप उत्साहित”

  1. zAyFJr It as not that I want to copy your internet site, but I really like the style. Could you tell me which design are you using? Or was it custom made?

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com