स्थानीय चुनावको चतारोसँगै ससफो नेपालमा सर्लाहीबाट हजारौं संख्यामा प्रवेश हुँदै


सर्लाही, २७ जेठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको चतारोसँगै संघीय समाजवादी फोरम नेपालमा सर्लाहीका प्रभावशाली नेता एवं कार्यकर्ताहरूको समूह प्रवेश गर्ने बताइएको छ ।
संघीय समाजवादी फोरम नेपाल सर्लाहीले जिल्लाको क्षेत्र नं. ५ मधुवनमा आइतबार दिउँसो आयोजना हुने पार्टी प्रवेश एवं सभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राजपा परित्याग गरी हजारौंको संख्यामा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको ससफो नेपालका सर्लाही अध्यक्ष अशोक यादवले जानकारी दिए ।
राजपाका अध्यक्ष मण्डलका नेता महन्थ ठाकुर, राजेन्द्र र महेन्द्र राय यादवको सर्लाही गृह जिल्लाबाट यसरी हजारौंको संख्यामा नेता कार्यकर्ताहरू ससफो नेपालमा प्रवेश गर्न लागेका हुन् । ससफो नेपालले पार्टी प्रवेशको लागि आयोजना गरेको क्षेत्र नं ५ को मधुवन ठाउँ राजपाका महामन्त्री एवं व्यवस्थापिका–सांसद जंगीलाल राय यादवको निर्वाचन क्षेत्र हो ।
ससफो नेपालका अध्यक्ष उपेन्द्र यादव नवप्रवेशी नेता कार्यकर्ताहरूलाई पार्टी प्रवेश एवं चुनावी सभाको लागि आइतबार बिहान सर्लाही प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
स्थानीय तहको चुनावलाई संघर्षको मुख्य कार्यदिशा बनाएर चुनावमा होमिएको ससफो नेपालमा पार्टी प्रवेश गर्नेको लहर चुनावको गर्मागर्मीसँगै पछिल्लो व्यापक हुँदै गइरहेको छ ।

Posted by on Jun 10 2017. Filed under मुख्य खबर, समाचार. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com