बुलेटले अधिकार रोक्न खोज्ने राज्यलाई ब्यालेटबाट जवाफ: उपेन्द्र यादव

सर्लाही, २८ जेठ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले चुनावलाई युद्धको संज्ञा दिंदै त्यसबाट भाग्नु कायरता भएको बताएका छन् । सर्लाहीको मधुवनगोठमा आइतबार आयोजित सभा र पार्टी प्रवेशको कार्यक्रममा यादवले चुनाव पनि अधिकार प्रािप्तको आन्दोलन कै हिस्सा भएको बताए । मधेसलाई अधिकार सम्पन्न बनाउन खोज्दा बुलेटले रोक्न खोज्ने राज्यलाई ब्यालेटबाट जवाफ दिन खोजिएको उनले प्रष्ट्याए ।
चुनावमा जाँदा अहिलेसम्म प्राप्त उपलब्धिको रक्षा हुने उल्लेख गर्दै आवश्यकताको उपज पनि आफ्नो पार्टी चुनावमा भाग लिएको उनले बताए । महिला, अल्पसंख्यक, मधेसी, आदिवासी जनजाति, दलित माथि भेदभाव कायम रहेको भन्दै उनले त्यस बिरुद्धको लडाईं भने जारी रहेको स्पष्ट पारे । ‘अधिकारको आन्दोलन कायम छ,’ उनले भने, ‘चुनावपछि पनि हाम्रो आन्दोलन जारी रहन्छ ।’
चुनावको भाग लिएको संघीय समाजवादी फोरमका अध्यक्ष रहेका यादव आउने भएपछि मधेसकै अर्को शक्ति राष्ट्रिय जनता पार्टी नेपालले त्यसको विरोध गर्दै अवरोध सृजना समेत गर्न खोजेको थियो । यादव कार्यक्रमस्थल पुग्ने सबै बाटोमा राजपाका कार्यकर्ताले अवरोध गर्न खोजेका थिए । कार्यक्रमस्थल पस्ने चारवटा बाटोमा ट्याक्टर तेस्र्याएर अवरोध राखिएको थियो । प्रहरी स्कर्टीङमा यादव कार्यक्रमस्थल पुगेका थिए । उनी पुग्ने बित्तिकै राजपाका उच्र्छिङ्खल कार्यकर्ताले कालो झण्डा लिएर नाराबाजी गर्दै मन्च नजिक जान थालेपछि केहीबेर प्रहरीसँग सामान्य झडप समेत भएको थियो । कार्यक्रमस्थल नजिकबाट राजपाका कार्यकर्ताहरूलाई ससफो नेपालका कार्यकर्ताहरूले लखटेका थिए ।
राजपाका अध्यक्षहरू महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादवको गृह जिल्ला सर्लाही पुगेर अवरोधकाबीच पनि यादवले चुनावी कार्यक्रम सफल पारेका छन् । कार्यक्रममा राजपासहित नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीका हजारौंको संख्यामा नेता कार्यकर्ताहरूको समूहलाई यादवले पार्टीमा भित्र्याएका छन् ।
राजपा र ससफोका कार्यकर्ताबीच झडप हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै कार्यक्रमस्थल आसपास ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । राजपाको विरोध खेप्दै कार्यक्रममा पुगेका यादवले श्रीमती, सम्धिनी र आफन्तलाई समानुपातिकमा सांसद बनाउने नेताका गुटको विरोधको कुनै अर्थ नरहेको भन्दै राजपाको आलोचना गरेका थिए ।
‘हामी मधेसको अधिकारका लागि आन्दोलनमा हुँदा सत्तामा बस्नेहरू अहिले मधेसको अधिकारका लागि भन्दै चर्को भाषणा गरिरहेका छन्,’ उनले भने, ‘चुनावलाई आन्दोलनको रुपमा प्रयोग नगरेर फेरि जनतालाई गुमराह पार्ने काम भएको छ ।’ अधिकांश समय सत्तामा बस्ने राजपाका नेताले कहिल्यै जनताको पक्षमा काम नगरेको समेत उनले बताए ।

Posted by on Jun 11 2017. Filed under Breaking News, मुख्य खबर, समाचार. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

1 Comment for “बुलेटले अधिकार रोक्न खोज्ने राज्यलाई ब्यालेटबाट जवाफ: उपेन्द्र यादव”

  1. S1cF5q This blog is no doubt awesome additionally factual. I have found helluva helpful advices out of it. I ad love to visit it again soon. Thanks a bunch!

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com