बेलबारीमा ससफो नेपाल र नयाँ शक्तिको संयुक्त चुनावी सभा


मोरङ, ३० जेठ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालले सोमबार मोरङको बेलबारीमा संयुक्त चुनावी सभा तथा प्रशिक्षण कार्यक्रम गरेका छन् ।
कार्यक्रममा नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका उपाध्यक्ष तथा पूर्वमन्त्री रकम चेम्जोङ उपस्थित थिए ।
स्थानीय तहको निर्वाचनलाई आन्दोलनकै अभिन्न अंगको रुपमा प्रयोग मात्र गरिएको ससफो नेपालका उपाध्यक्ष रकम चेम्जोङले बताए । ‘निर्वाचनमा सहभागी नभए पहिचान विरोधीहरूलाई झन् मैदान खुला हुने र उनीहरूलाई सजिलो हुने भएको चुनावलाई रणनीतिक रुपले प्रयोग गरिएको हो,’ नेता चेम्जोङले भने, निर्वाचनबाट पहिचान विरोधीलाई परास्त गरौं ।’
स्थानीय तहको निर्वाचनमा दुई पार्टीले एउटै चुनाव चिन्ह मसाल लिएर चुनाव लड्ने सहमतिअनुसार पनि सुंयुक्त चुनावी सभा गरिएको बताइएको छ ।
देशभरि नै नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच चुनावी तालमेल गरिएको छ ।
दुई दलबीच चुनावी तालमेल भएपछि जिल्ला–जिल्लामा दुई दलले संयुक्त रुपमा चुनावी प्रचार कार्यक्रम गर्दै आएका छन् ।
यही क्रममा बेलबारीमा संयुक्त चुनावी सभा गरिएको हो । कार्यक्रममा दुई सय जनाभन्दा बढी सहभागी थिए ।

 

Posted by on Jun 13 2017. Filed under Breaking News, समाचार. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com