ओखलढुंगाको सिद्धिचरणमा नवराज गुरुङको मेयरमा उम्मेदवारी


ओखलढुंगा, ३१ जेठ । ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा संघीय समाजवादी फोरम र माओवादी केन्द्रबीच चुनावी तालमेल गरिएको छ ।
यस नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमबाट नवराज गुरुङलाई प्रमुख पदको उम्मेदवार बनाइएको छ । माओवादी केन्द्रबाट भने रुपेश श्रेष्ठलाई उठाउने तयारी गरिएको छ । दुई दलबीच चुनावी तालमेल गर्ने विषयमा औपचारिक निर्णय भने भइसकेको छैन ।
तर, तालमेल गरेर जाने निश्चित भएको बुझिएको छ । माओवादी केन्द्रबाट आएको व्यक्तिको नाम समेत पक्कापक्की भएको छैन ।
दुई दलबीच ओखलढुंगाको मानेभञ्याङ गाउँपालिकामा पनि तालमेल गरिने बताइएको छ । यस गाउँपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमबाट दीपेन्द्र रुम्दालीलाई उम्मेदवार बनाउने प्रयास गरिएको छ ।
‘तर तालमेल गर्दा हाम्रो उम्मेदवार उपाध्यक्षको उम्मेदवार पनि बन्न सक्छ,’ ससफो नेपालका केन्द्रीय सदस्य तथा ओखलढुंगा जिल्ला इञ्चार्ज जुद्ध ढाक्रेले बुधबार भने, ‘आज र भोलि सम्ममा सबै कुराको टुंगो लागी सक्नेछ ।’

Posted by on Jun 14 2017. Filed under Breaking News, राजनीति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com