ससफो नेपालबाट सोलुखुम्बुको सोलुदुधकुण्डमा अध्यक्षहरूको उम्मेदवारी तय


सोलुखुम्बु, ३१ जेठ । सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाको ६ वटा वडाहरूमा उम्मेदवार निश्चित गरिएको छ ।
सोलुखुम्बु जिल्ला इन्चार्जसमेत रहेका ढाक्रेले सोलुदुधकुण्डको ६ वटा वडामा उठाइएको उम्मेदवारहरूमध्ये वडा नम्बर ४ र ६ मा ससफो नेपालको जित निश्चित रहेको दाबी गरे ।
अरु वडाहरूमा पनि ससफो नेपाल कडा प्रतिष्पर्धी अवस्थामा रहेको समेत उनले बताए ।
यस नगरपालिकाको १० मध्ये ६ वटा वडामा वडा अध्यक्षसहितको उम्मेदवारहरू निश्चित भएको जनाइएको छ ।
ससफो नेपालका केन्द्रीय सदस्य जुद्ध ढाक्रेका अनुसार वडा नम्बर ४ मा हर्कबहादुर तामाङ, ६ मा निमा शेर्पा, ८ मा आङङिमा शेर्पा, ९ मा धर्म मगर र १० मा रिञ्जी शेर्पालाई अध्यक्षको उम्मेदवार बनाइएको छ ।
वडा नम्बर ८ का अध्यक्षका उम्मेदवार शेर्पा नेकपा एमालेका जिल्ला समिति सदस्य थिए, उनी केही सयमअघि मात्रै संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए । वडा नम्बर ९ मा माओवादी केन्द्रसँग तालमेल गरिएको छ । वडा नम्बर १० नेपाली कांग्रेससँग गठबन्धन गर्ने तयारी छ ।

Posted by on Jun 14 2017. Filed under Breaking News, समाचार. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com