झापामा ससफो नेपालबाट को–को छन् उम्मेदवार ?


झापा, ३१ जेठ । संघीय समाजवादी फोरम, नेपालले झापाको १५ स्थानीय तहमध्ये बाह्र वटामा उम्मेदवार तय गरेको छ ।
ससफो नेपाल झापा जिल्ला अध्यक्ष धिरेन लावतीले बाँकी सबै स्थानीय तहको उम्मेवारहरु छिट्टै टुंगो लगाइने बताए ।

१. कमल गाउँपालिका: अध्यक्ष जितेन राई र उपाध्यक्षमा पुष्पा लिङदेन ।
२. गौरीगञ्ज गाउँपालिकाः अध्यक्षमा बद्री यादव र उपाध्यक्षको उम्मेदवार टुंगो लगाउन बाँकी ।
३. झापा गाउँपालिकाः अध्यक्षमा माओवादी केन्द्रबाट (तालमेल गरिएको) र उपाध्यक्ष ससफोबाट गौरीशंकर राजवंशी ।
४. बाह्रदशी गाउँपालिकाः अध्यक्षमा रंगलाल राजवंशी र उपाध्यक्षको उम्मेदवार टुंगो लगाउन बाँकी ।
५. कचनाकवल गाउँपालिकाः अध्यक्षमा मञ्जु राई र उपाध्यक्षमा भरत राजवंशी ।
६. बुद्धशान्ति गाउँपालिकाः अध्यक्षमा हरिनारायण चौधरी र उपाध्यक्षको उम्मेदवार टुंगो लगाउन बाँकी ।
७. दमक नगरपालिकाः प्रमुखमा सतिश साह र उपप्रमुखमा गंगा सागर शेर्मा ।
८. गौरादह नगरपालिकाः प्रमुखमा खसुरधन राई (केडी) र उपप्रमुखमा हेमनसरी राजवंशी ।
९. विर्तामोड नगरपालिकाः प्रमुखमा पदमबहादुर तामाङ र उपम्रमुखमा चिजा राई ।
१०. अर्जुनधारा नगरपालिकाः प्रमुखमा सिर्जनलाला चौधरी र उपप्रमुखमा टुंगो लगाउन बाँकी ।
११. भद्रपुर नगरपालिकाः सत्रुधन चौधरी र उपप्रमुखमा शर्मीला आङदेम्बे ।
१२. मेचीनगर नगरपालिकाः इन्द्रबहादुर श्रेष्ठ र उपप्रमुखमा अग्निमाया मेचे ।
कनकाइ नगरपालिकामा भने खतरसिंह राजवंशीलाई वडा अध्यक्षको उम्मेदवार बनाइएको छ । उनलाई वडा नम्बर ९ को उम्मेदवार बनाइएको हो ।
यसैगरी हल्दीवारी गाउँपालिकामा पनि साविकको वडा नम्बर ८ मा धुव्र श्रेष्ठलाई वडा अध्यक्षको उम्मेदवार बनाइएको छ । श्रेष्ठले सो वडामा जित्ने लावतीको दाबी छ । उम्मेदवार टुंगो लगाएसँगै हाल झापामा चुनावी अभियान समेत तीव्र पारिएको छ ।

 

Posted by on Jun 14 2017. Filed under Breaking News, राजनीति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com