कांग्रेसका मेयर दाबेदारसहित सुनसरीमा सयौं कार्यकर्ता ससफो नेपालमा प्रवेश


सुनसरी ३१, जेठ । नेपाली कांग्रेस मधेश विरोधी रहेको आरोप लगाउँदै कांग्रेसका मेयर पदका बलियो दाबेदार संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । सुनसरीको गौतमपुर गाउँपालिकाको अध्यक्ष पदका दाबेदार कांग्रेसका प्रभावशाली नेता हेमनारायण मेहता ससफो नेपालमा भित्रिएका छन् ।
कांग्रेससहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राजपा, राप्रपाका पनि सयौं कार्यकर्ताले आ–आफ्नो पार्टी परित्याग गरी ससफो नेपालले लिएको नीति, सिद्धान्त र अडानलाई समर्थन गर्दै पार्टीको सदस्यता लिएका हुन् । नवप्रवेशी नेता कार्यकर्ताहरूलाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फूलमालाले स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए ।


संघीय समाजवादी फोरम नेपाल सुनसरीले हरिनगराको गौतमपुरमा बुधबार आयोजना गरेको पार्टी प्रवेश एवं चुनावी सभामा मेहतासहित कांग्रेसका सयौं कार्यकर्ता ससफो नेपालमा प्रवेश गरेका हुन् ।
गौतमपुर गाविसमा दुई पटक विजयी भइसकेका मेहता सुनसरीमा चर्चित एवं प्रभावशाली नेताको रुपमा चिनिन्छन् । यसैगरी, नेपाली कांग्रेसका नेता प्रवीण कुमार गुप्ता, सुनैनादेवी गुप्ता, इनूस अन्सारी, एमालेका चन्दादेवी मण्डल, माओवादी केन्द्रकी राधादेवी दास, राजपा नेताहरू किर्तन ठाकुर र दिलिप गुप्ता ससफो नेपालमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा ससफो नेपालका केन्द्रीय सचिव परशुराम बस्नेत, केन्द्रीय सदस्यहरू पदम अधिकारी, शिवबहादुर बस्नेत र जिल्ला अध्यक्ष महेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।

Posted by on Jun 14 2017. Filed under Breaking News, मुख्य खबर, राजनीति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com