मधेसमा ब्यापक जनलहर छ, ससफो पहिलो पार्टी बन्छः राजेन्द्र श्रेष्ठ

संविधान संशोधनको पहल जारीसँगै स्थानीय चुनावमा सहभागी

काठमाडौं, जेठ ३१ । संघीय समाजवादी फोरम, नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले पहिचान र अधिकार प्राप्तिका लागि नै स्थानीय तहको निर्वाचनमा सहभागी भएको बताएका छन् ।
‘संघीय समाजवादी फोरम निर्वाचनमा सहभागी भयो र संविधान संशोधनको मुद्धा छाड्यो भन्ने कुरा भ्रम छर्नेहरूको हल्ला हो,’ बुधबार संघीयपोस्टसँग कुरा गर्दै नेता श्रेष्ठले भने,‘संविधान संशोधन भएर आदिवासी जनजाति र मधेसीको मुद्धा सम्बोधन नहुन्जेल पार्टीले मुद्धा छोड्दैन । परिस्थितीले पेलेर लगेको कारण रणनीतिक रुपले निर्वाचनमा भाग लिइएको हो ।’
असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दाबी गरेका गर्दै श्रेष्ठले भने, ‘हेर्दै जानुहोला, तराई–मधेशमा हाम्रो पार्टी पहिलो हुन्छ, अहिले जनताको ब्यापक जनलहर हाम्रो पक्षमा उत्रिएको छ, पहिलो हुनेमा कुनै शंका छैन ।’
चुनाव तोकिएकै मितिमा हुन्छ त भन्ने प्रश्नमा नेता श्रेष्ठले भने, ‘राज्यले चाह्यो भने किन नहुनु, गर्यो भने हुन्छ । यो सरकारको दायित्व र जिम्मेवारी हो ।’ उनले आफ्नो पार्टीले संविधान संशोधनको पहल पनि जारी राख्दै जाने तर अहिले चुनावमा पनि भाग लिने भनेर नीति लिएकोले त्यहीअनुसार व्यापक तयारी भैरहेको जानाकारी दिए ।
उनले प्राप्त उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धिका लागि चुनावलाई पनि आन्दोलनकै रुपमा उपयोग गर्ने भएकोले आफ्नो पार्टीले पहिलो चरणको निर्वाचनमा पनि भाग लिएको र अब हुने दोस्रो चरणको निर्वाचनमा पनि सहभागी जनाउने स्पष्ट पारे । उनले भने, ‘संविधान संशोधनको पहल पनि जारी रहन्छ, प्रस्ताव दर्ता भैसकेको छ, स्थानीय निकायको निर्वाचन भनेको विकासको माध्यम हो, त्यही भएर हामी निर्वाचनमा गएका हौं ।’
उनले कांग्रेस र माओवादी केन्द्रले संसदबाट संशोधन प्रस्ताव पारित गराउँछौं भनेर प्रतिबद्धता जनाएअनुसार नै आफूहरूले प्रधानमन्त्री देउवालाई समर्थन गरेको जनाउँदै माँग पूरा हुनेमा विश्वस्त रहेको प्रष्ट्याए । उनले राष्ट्रिय जनता पार्टीलाई पनि चुनावमा सहभागी हुने वातावरण बनाउनका लागि सत्तापक्षलाई आह्वान गर्दै भने, ‘राजपा र सरकार दुवै पक्षलाई हाम्रो विशेष आग्रह छ, सरकारले पनि उहाँहरूलाई चुनावमा सहभागी हुने वातावरण बनाउनुपर्छ, र राजपा पनि चुनावमा आउनुपर्छ ।’

Posted by on Jun 14 2017. Filed under Breaking News, मुख्य खबर, राजनीति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com