संघीय समाजवादी फोरमले तेस्रो स्थापना दिवस मनायो


काठमाडौं, १ असार । संघीय समाजवादी फोरम नेपालले विहीबार तेस्रो पार्टी स्थापना दिवस मनाएको छ ।
काठमाडौंको खुसीबुँस्थित नेपाः ब्यांक्वेटमा पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको प्रमुख उपस्थितिमा स्थापना दिवस मनाइएको हो । सोही स्थानमा गत २०७२ जेठ ३२ गते मधेसी जनअधिकार फोरम, संघीय समाजवादी पार्टी र खस–समावेशी राष्ट्रिय पार्टीबीच एकीकरण भई संघीय समाजवादी फोरम, नेपालको गठन भएको थियो ।
पार्टीका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राईलगायत नेता हाल काठमाडौं उपत्यका बाहिर रहेकाले यादव र राई स्थापना दिवसमा थिएनन् ।
सो अवसरमा श्रेष्ठले संघीयता ल्याउनका लागि तत्कालीन उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमको र पहिचानको मुद्धालाई स्थापित गराउन अशोक कुमार राईको संघीय समाजवादी पार्टीको महत्वपूर्ण रहेको स्मरण गरे ।


उनले अबको वैकल्पिक राजनीतिक शक्ति भनेको संघीय समाजवादी फोरम नेपाल नै रहेको जिकिर गर्दै पहिचान, परिवर्तन र अग्रगमन पक्षधर जनतालाई आप्mनो पार्टीमा एकताबद्ध हुन आव्हान पनि गरे ।
कार्यक्रममा पार्टीका सचिव रत्नेश्वरलाल कायस्थ, पार्टीका सल्लाहकार समिति प्रमुख, राजनीतिक समिति सदस्यहरू राजन केसी, सदस्य धिरेन्द्र श्रेष्ठ, नहेन्द्र प्रधान, डा गणेश योन्जन, आङकाजी शेर्पा, लालबहादुर लगायत नेताहरू उपस्थित थिए ।
स्थापन दिवसमा दुई सय भन्दा बढी नेता तथा कार्यकर्ताहरू ससफो नेपालमा प्रवेश समेत गरेका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलहरू परित्याग गरी प्रवेश गरेका हुन् ।

Posted by on Jun 15 2017. Filed under Breaking News, मुख्य खबर, समाचार. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com