एमाले पहिचानविरोधी भन्दै खोटाङमा नेपाललाई कालो झण्डा देखाउने निर्मल वडा अध्यक्षको उम्मेदवार

खोटाङ, १ असार । २०६९ सालमा नेकपा एमालका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल खोटाङको दिक्तेलमा आयोजित एक कार्यक्रममा सहभागी हुन लागेका थिएँ ।
उनी कार्यक्रम स्थलतर्पm लम्किदै गर्दा केही युवाहरु बाटैमा जम्मा भएर उभिए । माधवकुमार कार्यक्रम हलभित्र छिर्न लाग्दा युवाहरुले कालो झण्डा फहराउँदै नाराबाजी गर्न थाले ।
माधवकुमार नेपालविरुद्धको प्रदर्शनको नेतृत्व गरेका थिए, निर्मल राईले । उनी प्रदर्शनमा उत्रिएपछि प्रहरीको नियन्त्रणमा पनि परेका थिए । सोही बेलादेखि निर्मल को हुन् ? भन्ने चर्चा चलेको थियो ।
नेकपा एमाले पहिचानसहितको संघीयता विरोधी, समानुपातिक समावेशी नीति विरोधी भएको भन्दै निर्मलकै नेतृत्वमा कालो झण्डा देखाउँदै प्रदर्शन गरिएको थियो ।
हाल सोही निर्मल राई रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्षको उम्मेदवार बनेका छन् ।
करिब डेढ दशकदेखि नै राजनीतिमा सक्रिय रहँदै आएका उनी स्थानीय स्तरमा लोकप्रिय युवा नेता मानिन्छन् ।
संघीय समाजवादी फोरम नेपालका नेता समेत रहेका उनी हाल आफ्नो क्षेत्रमा चुनावी अभियान र घरदैलो कार्यक्रममा व्यस्त छन् । ‘एमाले नेतृत्व पहिचानको विपक्षमा उभिएको छ,’ निर्मलले भने, ‘हामी त सबै जातजाति र समुदायको भाषा, धर्म, संस्कृतिको समान महत्व र अवसरसहितको राज्य व्यवस्था निर्माण गर्नका लागि पहिचान सहितको संघीयताको पक्षमा संघर्ष गर्दै आएका छौं ।’
पुरातनवादी र यथास्थितिवादी मानसिकता भएको व्यक्तिबाट अब गाउँ समाजको विकास र समृद्धि सम्भव नभएकोले आपूmलाई जनताले मतदान गर्ने उनको विश्वास छ । ‘जनता परिवर्तन चाहन्छन्,’ उनले भने, ‘परिवर्तनका लागि नेतृत्व पनि नयाँ हुनुपर्छ भन्ने कुरो जनताले बुभ्mनुभएको छ ।’

 

Posted by on Jun 15 2017. Filed under मुख्य खबर, राजनीति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com