खोटाङको साकेला गाउँपालिकामा अध्यक्ष उम्मेदवार सनबहादुरको विकास योजनासँगै घरदैलो अभियान

खोटाङ, २ असार । खोटाङको साकेला गाउँपालिकाको अध्यक्षका लागि सनबहादुर राईले उम्मेदवारी घोषणा गरेका छन् । साविक रतन्छा गाविसको पूर्व अध्यक्ष समेत रहेका राईले साकेला गाउँपालिकाको अबको विकास र समृद्धिका लागि महत्वपूर्ण योजना ल्याएका छन् ।
संघीय समाजवादी फोरम नेपालको तर्पmबाट गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेका उनले चुनावी अभियान र घरदैलोसँगै मतदातासामू आफ्ना योजना सार्वजनिक गरेका छन् ।

सडक
च्याडाँडाँ, रतन्छा, मात्तिम र खिदिमा जोड्ने मुख्य सडक दुई वर्षभित्र कालोपत्रे गर्ने ।
च्यानडाँडा, रतन्छा, मानेभन्ञ्याङ, बोपुङ, पुङमा, छितापोखरी, सिमपानी, रसुवा हुँदै गाइघाट तराई मधेसको सडकको पहुँच नजिक बनाउने ।
हरेलोडाँडाबाट डाँडागाउँ पुछार सडकको स्तरोन्नति गरी नियमित संचालन गर्ने ।
हरेलोडाँडा छापटोल कुन्तुङ हुँदै पेलुङ निर्मलीडाँडासम्म सडक निर्माण गर्ने ।
चखेवा मलुवापोखरी मेरुङ सडक निर्माण गर्ने ।
दिक्तेल, मात्तिम, टेम्मा सडकको स्तरोन्नतिमा सम्बन्धित पक्षलाई परिचालन गर्ने ।
दिक्तेल, साप्सु, चुम्लुङ, मानेभञ्ज्याङ, खिदिमा पान्धारे सडकको स्तरोन्नति गरी नियमित सञ्चालन गर्ने ।

कात्तिके पारुङ, मानेभञ्ज्याङ सडकको स्तरोन्नति गरी नियमित सञ्चालन गर्ने ।
कात्तिकेडाँडाबाट तेर्साे सरस्वती मावि हँुदै मानेगाउँ, आहाले हुपावु सडक विस्तार गर्ने ।
पाङदुरे, आहाले हुपापु सडकको स्तरोन्नति गरी नियमित संचालन गर्ने ।
नौलाखर्क हुपापु सडकको स्तरोन्नति गरी संचालन गर्ने ।
पुङमा, रिक्सुमगुम्वा चित्रे सडकको स्तरोन्नति नियमित संचालन गर्ने ।
पुङमा, किवा, बोरा, मखमले सडकलाई पान्धारेमा जोड्ने ।
किवादेखि खिदिमा र मखमले, सोल्मा खिदिमा सडक जोड्ने ।
ढाँडे, डम्बरे, टेम्के पर्यटन सडक निर्माण गर्ने ।
रतन्छा, सुर्के, पातलपानी, मपारुङ, डम्बरे पर्यटन सडक निर्माण गर्ने ।
मबु चेकापा पाटीभञ्ज्याङ सडक निर्माण गर्ने ।
डाँडागाउँबाट लामदुवाली सडक जोड्ने ।
दारुलाटारबाट बुतेपा सडक जोड्ने ।
बुतेपा सासिप लामदुवाली सडक जोड्ने ।
धिकुर्तुङ, दारिमटोल सडक जोड्ने ।
पारुङ धिकुर्तुङ सडक जोड्ने ।
पारुङ कोक्लीङटार सडकको स्तरोन्नति गर्ने ।
बेसी सडक कोरिडोर टेम्मा मार्से–मात्तिम, डाँडाटोल–कात्तिके–पिनालाखा–साल्मे बुतेपा–मबु डाँडागाउँ–क्षेतीखाम लामाखु सडक निर्माण गर्ने ।

विद्युत
प्रत्येक घरधुरीमा विद्युत आपूर्ती नभएको बेला प्रयोग गर्न सोलारबत्तीको वितरण गर्ने ।
च्यानडाँडा, रतन्छा, खिदिमा र मात्तिमका बाँकी बस्तीहरूमा विद्युतको केन्द्रीय प्रशारण लाइन वर्षदिन भित्रमा जोड्ने ।
हाल संचालनमा रहेको साना जलविद्युतको मर्मत सम्भार र फलामे पोल पूर्ण रुपमा व्यवस्था गर्ने ।
गाउँमा उत्पादित साना जलविद्युत आयोजनाको कर्मचारीहरूको तलव भत्ता तथा सेवा सुविधा गाउँपालिकाबाटै व्यवस्था गर्ने ।
सिँचाइ
गाउँपालिकाभित्र संचालित सबै ठूला तथा साना कुलोहरूको मर्मत संभार गर्ने ।
नयाँनयाँ सिंचाइका प्रविधिहरू प्रयोगमा ल्याउने ।
तावाखोलाको कटानमा परेको पंचनहर, गाउँफर्के, धँगेरी र चतावु लगायत कुलोहरू, रुपुवाँ खोलाको कटानमा परेको बतासे लगायत कुलोहरू र मखुवा, बेलीया खोलामा भएका कुलाहरू सम्बन्धित विज्ञहरूको सुझाव र सल्लाह अनुसार पुनःनिर्माण गर्ने ।
हरेक वडामा जनसहभागितामा जलाशयहरू निर्माण गरी पानीको स्रोतको आवश्यक संरक्षण तथा व्यवस्थापन गर्ने ।
जलाधार क्षेत्र तावा भन्ज्याङ, महांकाल क्षेत्र, पाटीभन्ज्याङ, हातिसुँडे, चखेवाभन्ज्याङ, मलुवापोखरी, टुङकु क्षेत्र, सिमखर्क, साप्सुधापलाई विशेष प्राथमिकतामा राखी पानीको स्रोत वृद्धिको योजना ल्याउने ।

पुल
रुपुवाखोला साविक रतन्छा–१ मबु निमालुङ र च्यानडाँडा ८ डाँडागाउँ जोड्ने ।
साप्सुखोला च्यानडाँडा–८ र निर्मलीडाँडा–८ बेंसीटोल जोड्ने ।
बेलीयाखोला बेछुरामा रतन्छा र मबु जोड्ने ।
बेलीयाखोला ससाखुरमा बुतेपा र मबु पुच्छार जोड्ने ।
साब्जुखोलामा कुन्तुङ र छापगाउँ जोड्ने ।
बादुङखोलामा च्यानडाँडा र सेखुवा जोड्ने ।
तावाखोलामा मात्तिम मानेगाउँ सल्लेरीबाट धिप्लुङछाँगा मालबासे जोड्ने ।
तावाखोला पत्राङ्गेटार, साप्सुखोला लामीदुवालीमा मोटरेवल पक्कीपुल निर्माण गर्ने ।
गत सालको बाढीले भत्काएको पुलहरू पुनःनिर्माण गर्ने ।
खानेपानी तथा सरसफाइ
प्रत्येक घरमा स्वच्छ खानेपानीको व्यवस्था गर्ने ।
घरभित्रै धारा अभियान लागु गर्ने ।
साकेला गाउँभरि घरघरमा सुन्दर फुलबारी अभियान चलाउने ।
स्थायी समाधानका लागि खानेपानी संस्थान स्थापना गर्ने ।
उत्कृष्ट सरसफाइयुक्त घर र टोललाई पुरस्कृत गर्ने ।

कृषि तथा पशुपालन
अर्थतन्त्र र जीवनको आधार कृषि भएकाले पहिलो प्राथमिकतामा राखी कृषिलाई व्यवसायीकरण गर्ने ।
कृषिलाई पूर्ण अर्गानिक बनाउँदै लाने ।
अर्गानिक खेतीलाई चाहिने मलको ब्यवस्था भलपानी, सोतर, पतकर, गोबर र पिसाबलाई ब्यबस्थित तथा
बैज्ञानिक तरीकाले उपयोग गर्ने ।
कृषि प्राविधिक उत्पादनका लागि छात्रवृत्ति प्रदान गर्ने ।
उत्पादित खाद्य वस्तुहरूलाई सुरक्षित भण्डारण, बजार व्यवस्थापन र उचित मूल्य निर्धारण गरी कृषकहरूको
आम्दानीको स्रोत बढाउने ।
उत्कृष्ट किसानलाई वार्षिक पुरस्कार अनुरुप एक लाख रुपैयाँ प्रदान गर्ने ।
कृषिमा व्यवसायीकरण गर्न तालिम, सहुलियतमा ऋण र प्रविधि प्रदान गरी प्रतिघरधुरी वार्षिक आम्दानी रु ५
लाखभन्दा बढी पुर्याउने ।
कृषि बीमा, कृषि बजारको स्थापना र व्यवस्थापन गर्ने ।
लेक, कछाड र बेसीका रेन्जहरूमा उपयुक्त खाद्यान्नबाली, नगदेबाली र फलफूल उत्पादनको योजना ल्याउने

माटोको परीक्षण गरी त्यसको उपचार र स्थानीय मलखादलाई प्रोत्साहन गर्ने ।
व्यवसायिक पशुपालनका लागि गाउँपालिकाबाट अनुदानको व्यवस्था गर्ने ।
पशुपालन प्रवद्र्धनका लागि पशु स्वास्थ्यकर्मी र औषधि उपचारको सुलभ व्यवस्था गर्ने ।
तावाखोला, सोल्मा, खिदिमा क्षेत्रमा रेन्बो ट्राउट माछाको उत्पादन उद्योग सञ्चालन गर्ने ।
अलैंची, फलफुल(सुन्तला, नासपाती, किवी आदि) र जडीबुटीको पकेट क्षेत्र घोषणा गरी विशेष कार्यक्रम
संचालन गर्ने ।
खिदिमा र च्यानडाँडालाई तरकारी तथा बीउ उत्पादन पकेट क्षेत्रको रुपमा विकास गर्ने ।
च्यानडाँडा र खिदिमालाई आलु र चियाको पकेट क्षेत्रको रुपमा विकास गरी आलुलाई ब्रान्डिङ गर्ने ।
किसानको थप आम्दानी र पूर्ण रोजगारीको लागि तथा पर्यटक वृद्धिका लागि खेतीमै होमस्टे पर्यटन विकास
गर्ने ।

स्वास्थ्य
साकेला गाउँपालिकामा गाउँपालिकास्तरीय विशेषज्ञ डाक्टरहरूसहितको सुविधा सम्पन्न सरकारी अस्पताल
सञ्चालन गर्ने ।
प्रत्येक वार्डमा सुविधासम्पन्न स्वास्थ्य केन्द्र र प्रसुति गृह सञ्चालन गर्ने ।
प्रशुति गृहमा सुत्केरी गराउनेहरूलाई पोषण तथा उपचार खर्चवापत रु पाँच हजार उपलब्ध गराउने ।
७० वर्ष माथिका सबै जेष्ठ नागरिकहरूलाई निःशुल्क स्वास्थ्य उपचार तथा घरघरमा घुम्ती उपचार सेवाको
व्यवस्था मिलाउने ।
एकल महिला, विधवा, अपांग, वृद्धावृद्धहरूलाई उपलब्ध गराइने भत्ता वृद्धि गर्ने ।
राज्यले व्यवस्था गरेको सामाजिक सुरक्षा भत्ता घरघरमा पु¥याउने ।
प्रत्येक तीन हजार नागरिकका लागि दुई जना दक्ष स्वास्थ्यकर्मी (डाक्टर)को व्यवस्था गर्ने ।
अनमी, अहेब अध्ययनका लागि छात्रावृत्तिमा गाउँपालिकाले सहयोग गर्ने ।
प्रत्येक नागरिकलाई अनिवार्य स्वास्थ्य बीमा गर्ने ।
आपतकालीन सेवाको लागि एम्बुलेन्स सेवा संचालन गर्ने ।
स्वास्थ्य कोषको स्थापना गरी विपन्न वर्गलाई निशूल्क उपचार सेवा दिने ।

शिक्षा
शिक्षालाई आर्थिक विकाससँग जोड्न ब्यवहारिक, बैज्ञानिक र प्रविधिसम्पन्न बनाइनेछ । यसको लागि हालको पाठ्यपूस्तकमूखी शिक्षालाई पाठ्यक्रम, विज्ञान र प्रविधिमुखी बनाउने ।
पर्यटन विकास र रोजगारको लागि नभइ नहुने अंग्रेजी, हिन्दी र चाइनीज भाषालाई पनि प्राथमिकतामा राख्ने ।
गाउँपालिकामा अहेव, जेटीए, अनमी, सवओभरसीयर, उद्यम विकास, सामाजिक परिचालक उत्पादन गर्ने र प्राविधिक एवम् व्यवसायमूलक शिक्षालय संचालन गर्ने ।
प्रत्येक वार्डमा रहेको विद्यालय र कलेजहरूलाई भौतिक साधनले मजबुत बनाइनुको साथै खेल तथा अध्यापन सामाग्रीहरू पर्याप्त मात्रामा व्यवस्था गर्ने ।
बाल विकास केन्द्र र कक्षा ५ सम्मका विद्यार्थीहरूलाई विद्यालयमा नियमित खाजा खुवाउने व्यवस्था मिलाउने ।
प्रत्येक विद्यालयमा वैकल्पिक उर्जासहितको व्यवस्था गरी कम्प्युटर शिक्षा दिने । आवश्यक कम्प्युटर शिक्षक दरवन्दीको व्यवस्था गर्ने ।
प्रत्येक विद्यालयमा मातृभाषा अध्ययन अध्यापनका लागि सम्बन्धित भाषा शिक्षकको दरवन्दीको व्यवस्था गर्ने ।
साकेला क्याम्पसको व्यवस्थापन र स्तरोन्नति तथा थप विषयहरूको अध्ययन अद्यापनको व्यवस्था मिलाउने ।
स्कुल तथा कलेजहरूमा व्यवस्थित पुस्तकालयको प्रवद्र्धन गर्ने ।
विद्यमान घोकन्ते एवम् सैद्धातिक शिक्षामात्रै दिने पाठ्यक्रमहरूलाई परिवर्तन गरी सैद्धान्तिक एवम् व्यवहारिक दुवै थरिको ज्ञान र प्रविधि दिने पाठ्यक्रम बनाएर लागू गर्ने ।

भाषा तथा संस्कृति
सबै जाति, भाषा, धर्म र संस्कृतिलाई समान महत्व दिई बहुधार्मिक, बहुसांस्कृतिक केन्द्रहरूको स्थापना गर्ने ।
आर्थिक विकासलाई नभइ नहुने अन्तर्राष्ट्रिय भाषा सिकाइलाई छुटाइने छैन ।
साकेला गाउँपालिका भित्रका देवाली गर्ने सबै स्थलहरूलाई व्यवस्थित गर्ने ।
साकेला गाउँपालिका भित्रका प्रत्येक वडामा सुव्यवस्थित पार्क बनाउने ।
साकेला गाउँपालिका भित्रका गुम्बा र मानेहरूको निर्माण, मर्मत संभार तथा व्यवस्थापन गर्ने । भएका
मठमन्दिरहरूको मर्मतसंभार र व्यवस्थापन गर्ने ।
सरकारी कामकाजको निमित्त खस नेपाली भाषा र स्थानीय मातृभाषा दुवैलाई स्थान दिने ।
स्थानीय कला, संस्कृति, गीत, संगीतको संरक्षण, विकासमा जोड दिने ।

वन तथा वातावरण
स्थानीय सामुदायिक वनहरूको समूचित संरक्षण एवम् व्यवस्थापन गरी त्यसबाट प्राप्त हुने स्रोत साधनहरूलाई सरल र न्यायोचित वितरण गर्ने ।
टेम्के, सेल्मेको वरिपरि रहेको भूभागलाई जडीबुटी उत्पादन क्षेत्र बनाउने ।
कृषकहरूलाई दुःख दिने बाँदर लगायतका वन्यजन्तुहरूलाई नियन्त्रण नियन्त्रण वा बैकल्पिक खेतीको ब्यबस्था गरिनेछ । वन्यजन्तुहरूबाट प्रभावित बस्तीहरूमा बैकल्पिक बाली नभएमा आर्थिक नोक्सानी र लाभको आधारमा हेरालु कर्मचारी (वाली रक्षक) व्यवस्था गर्ने ।
चखेवा भन्ज्याङ आसपास वनस्पती उद्यानको स्थापना गर्ने ।
थप बृक्षारोपण गरी सेल्मे–टेम्के–मेरुङ–मैयूँ वनश्रृंखलाहरूलाई जोड्ने ।

सूचना तथा संचार
स्थानीय एफएम रेडियो स्थापना गर्ने ।
प्रत्येक बस्तीमा इन्टरनेट जोड्ने ।
विशेष केन्द्रहरूमा ल्याण्डलाइन टेलिफोन सेवा संचालनको व्यवस्था मिलाइने ।
इन्टरनेटको सुविधा भएको पत्रपत्रिका तथा पुस्तक पढ्ने वाचनालय स्थापना गर्ने ।
सूचनाको पहुँच बढाउन पत्रिका प्रकाशन गर्ने, छापाखानाको स्थापना गर्ने ।
प्रत्येक टोल, बस्तीमा सूचना केन्द्रको स्थापना गर्ने ।
जवाफदेहिता बहन गर्न हरेक योजनाहरूको सार्वजनिक सुनुवाइ, समीक्षा र परीक्षण अनिवार्य गर्ने ।

पर्यटन
आम्दानीको स्रोत बढाउन पर्यटन क्षेत्रको विकासमा जोड दिने ।
अर्गानिक कृषि पर्यटन नै आर्थिक विकासको मूलआधार भन्ने कुरालाई ध्यानमा राखी किसानकै घरखेतीमा
रिसोर्ट तथा होमस्टे विकासलाई बिशेष जोड दिने ।
टेम्के, सेल्मे र तावातालमा पर्यटकहरूलाई आकर्षण गर्न च्यानडाँडा÷खिदिमामा बेशक्याम्प निर्माण गर्ने ।
पर्यटकहरूको लागि आवश्यक स्थानहरूमा सुविधा सम्पन्न होटल तथा रिसोर्टहरू निर्माण गर्ने ।
धिप्लुङ झरनाको प्रबद्र्धन गरी आकर्षक पर्यटन केन्द्र बनाउने ।
सेल्मे टेम्के चखेवा मेरुङ साल्पा र सिलिचुङलाई समेटी मनोरम पदमार्ग (टे«किङ रुट) निर्माण गर्ने ।
टेम्केमा निर्माणाधीन भ्यू टावर सम्पन्न गर्न सम्बन्धित निकायमा आवश्यक पहल गर्ने ।
तावाभन्ज्याङमा सुन्दर रमणीय तावाताल निर्माण गर्ने ।
मानेभञ्ज्याङ पोखरीलाई सुन्दर र हरियाली पोखरीको रुपमा प्रवद्र्धन गर्ने ।

खेलकुद तथा मनोरञ्जन
हरेक वडामा एकएक वटा खेल मैदान बनाउने ।
गाउँपालिकामा खेलकुद परिषद् गठन गर्ने ।
विभिन्न खेल क्लबहरू निर्माण गरी खेल क्षेत्रलाई व्यवसायीकरण गर्ने ।

वित्तीय/आर्थिक क्षेत्र
वित्तीय कारोवारलाई सरल बनाउन गाउँपालिकामा वाणिज्य तथा विकास बंैकको शाखा खोल्ने ।
एक घर एक बैंक खाता लागु गर्ने ।
युवाहरूलाई स्वरोजगारीको व्यवस्था गर्ने । पहिलो चरणमा युवा उद्यमीहरूलाई व्यवसाय सञ्चालन गर्नका लागि उद्यम हेरी २० देखि ५० प्रतिशतसम्म बीउ पूँजी उपलब्ध गराउने ।
प्रादेशिक सरकार र सङ्घीय सरकारबाट अधिकतम स्रोत जुटाउन पहल गर्ने ।

विविध
जन्मदर्ता परिवार, घर र छिमेकी र बस्तीको फोटोसहितको विवरण संकलन घरघरैमा गर्ने । नागरिकता प्रमाणपत्र पाउने सूचना उमेर पुग्नासाथ घरमै पुगेर दिने ।
पाँचवटै वडामा आधारभूत सर्वेक्षण गरी मानव विकास सूचकांक सहितको पाश्र्वचित्र तयार पार्ने ।
गाउँपालिकास्तरमा ५ वर्षे, १० वर्षे र २० वर्षे आवधिक योजना तर्जुमा गर्ने ।
प्रत्येक वार्डमा सहरको सूविधाप्राप्त एक बस्ती (सानो सहर) बसाउने । जमिनमा खेती आकासमा बस्तीको अवधारणालाई अगाडि बढाउन हरेक बस्तीमा सुरक्षित बहुतले घर निर्माणलाई प्राथमिकता दिने ।
घरजग्गाको रजिष्ट्रेसन, नामसारी, लेनदेनलाई सुलभ र सरल बनाउने ।
धनीपूर्जा घरघरमा वितरण गर्ने ।
गुण्डागर्दी, घुसखोरी र भ्रष्टाचारको अन्त्य गर्ने ।
नागरिकको जीउधन सुरक्षा र शान्ति अमनचयनका लागि प्रहरी सेवालाई चुस्त दुरुस्त बनाउने ।
एक घर एक रोजगारी उपलब्ध गराउन सीपमूलक तालिमका लागि सीप केन्द्रको स्थापना गर्ने ।
गाउँपालिकाभित्र घर छाउने जस्तापाता उपलब्ध गराउने । जसमा पहिलो चरणमा शिल्पी समुदाय र विपन्न परिवारबाट सुरुवात गर्ने ।
सहरीकरणका लागि बेसी, लेक र कछाडका टोल बस्तीहरूमा आधुनिक सुविधा सम्पन्न एकीकृतबस्ती विकासको कार्यक्रम सञ्चालन गर्ने ।
जोखिममा परेका घर परिवार र बस्तीलाई सुरक्षित स्थानमा सार्ने ।
प्रत्येक टोलबस्तीमा वातावरणीय सन्तुलनका लागि बलियो पोखरीहरू निर्माण र संभावित मत्स्य (माछापालन) विकासको योजना ल्याउने ।
भौतिक पूर्वाधारहरू तथा भूकम्प प्रतिरोधी घर निर्माण गर्दा प्राविधिक सेवा निःशुल्क उपलब्ध गराउने ।
जनताको राय सल्लाह अनुसार निर्वाचित जनप्रतिनिधिहरूबाट उपयुक्त स्थानलाई गाउँपालिकाको केन्द्र निर्माण गर्न पहल गर्ने ।
साकेला गाउँपालिकालाई जनसहभागितामा आधारित विकास निर्माण गरी नेपालकै उत्कृष्ट गाउँपालिका बनाउने ।

Posted by on Jun 16 2017. Filed under Breaking News, समाचार. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com