राजपाले आह्वान गरेको बन्दको प्रभाव तराई–मधेसमै परेन


विरगञ्ज, २ असार । राष्ट्रिय जनता पार्टीले आह्वान गरेको शुक्रबारको मधेस बन्द जनताले अवज्ञा गरेका छन् ।
राजपाले स्थानीय तहको निर्वाचन बिथोल्न गत मंगलबारदेखि तराई मधेसमा बन्द गर्दै आएको थियो ।
तराई मधेस क्षेत्रमा राजपाका कार्यकर्ताहरू सडकमा देखिएका छैनन् भने उद्योगी, व्यपारीहरूले आ–आफ्नो कल–कारखाना र पसलहरू खुला पारेका छन् ।
हाल विरगञ्जका अधिकांश पसलहरू खुला छन् । सर्वसाधारण सडकमा आ–आफ्नो दैनिकीतर्फ लागेका छन् । सडकमा निजी तथा भाडाका सवारी साधनहरू पनि गुडिरहेका छन् ।
यसैगरी सिरहाको लहान र गोलबजारमा पनि जनताले राजपाको बन्दको अवज्ञा गरेका छन् ।
स्थानीय एसडी यादवले गोलबजारमा बन्द नै नभएको बताए । उनले बरु प्रहरीले बजार बन्द गराउँदै हिडेको बताए । ‘राजपाको कोही कार्यकर्ता छैन, यहाँ,’यावदले भने, ‘सर्वसाधारण मानिसहरू आआफ्नो काममा हिडिरहेका छन् । पसलहरू पनि खुला नै छ । बन्दको कुनै प्रभाव नै परेको छैन ।’

 

Posted by on Jun 16 2017. Filed under Breaking News, मुख्य खबर, समाचार. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com