झापाको बिर्तामोडमा ससफोबाट मेयरमा पदमबहादुर र उमपेयरमा चीजा राईको उम्मेदवारी

झापा, २ असार । संघीय समाजवादी फोरम नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा विर्तामोड नगरपालिकाका प्रमुखसहितका पदमा उम्मेदवारी घोषणा गरेको छ ।
सो पार्टीले शुक्रबार विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी नगरभित्र रहेका सडकको स्तरोन्नती गर्ने, मापदण्ड पूरा भएका सडकको कालोपत्रे गर्ने, नगरमा कृषि, पशुपालन, फलफूलमा आधारित व्यावसायिक खेतीको विकास र बिस्तार गर्ने तथा उन्नत बीउ बीजनका लागि कृषि सामग्री र बजारको व्यवस्था गर्ने लगायतका ११ बुँदे प्रतिबद्धतासहित नगरप्रमुखलगायतका पदहरूका लागि उम्मेदवारी घोषणा गरेको हो ।
विर्तामोड नगरपालिकाको प्रमुखमा पदमबहादुर तामाङ र उपप्रमुखमा चीजा राईलाई उम्मेदवार बनाएको सो पार्टीका वैकल्पिक केन्द्रीय सदस्य कृष्णउदाश भरतले बताए । यसैगरी विर्तामाड नगरपालिकाका वडा अध्यक्षहरूमा क्रमशः वडा नं १ मा रिनामाया तामाङ, ३ मा हरिनारायण चौधरी, ४ मा रामनारायण चौधरी, ५ मा तीलबहादुर राई, ६ मा वीरेन मेचे र वडा नं १० मा लक्ष्मी देवानलाई उम्मेदवार बनाइएको छ ।
सो अवसरमा पार्टीका वैकल्पिक केन्द्रीय सदस्इ भरतले भने, ‘नगरमा रहेका नगरवासीलाई निःशुल्क स्वास्थ्य र शिक्षाको व्यवस्थासहित सर्वसुलभ स्वास्थ्य बिमा सबैको गर्ने र घरघरमा रोजगारीको अवसर सिर्जना गर्दै समृद्ध विर्तामोड निर्माणका लागि पार्टीले उम्मेदवारी दिएको हो ।’

 

Posted by on Jun 16 2017. Filed under Breaking News, समाचार. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

1 Comment for “झापाको बिर्तामोडमा ससफोबाट मेयरमा पदमबहादुर र उमपेयरमा चीजा राईको उम्मेदवारी”

  1. qvbdoJ Thank you ever so for you blog post. Will read on

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com