मदन पुरस्कार विजेता राजन मुकारुङले ससफोका उम्मेदवार रामसिंहलाई सघाउँदै

काठमाडौं, ३ असार । मदन पुरस्कार विजेता तथा पहिचान पक्षधर आख्यानकार राजन मुकारुङले आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनमा संघीय समाजवादी फोरम, नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनको साझा उम्मेदवार रामसिंह राईलाई सघाउने भएका छन् ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा तीन दलबीच चुनावी तालमेल गरी टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमबाट रामसिंह राई र उपाध्यक्षमा नेपाली कांग्रेसबाट सरोज बस्नेतलाई उम्मेदवार बनाइएको छ ।
आख्यानकार मुकारुङले सोही गाउँपालिकाको अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिने हल्ला चलेको भए पनि उनले गठबन्धनको संयुक्त उम्मेदवारलाई सघाउने प्रतिवद्धता जनाएको संघीय समाजवादी फोरम नेपालका सचिव तथा प्रचार विभाग प्रमुख अजम्बर राई काङमाङले उल्लेख गरेका छन् ।
यसअघि मुकारुङले सामाजिक सञ्जालमार्पmत स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए । उनी गत जेठ २५ गते भोजपुर र खोटाङको सीमास्थल पान्धारेमा आयोजित तीन दलको संयुक्त चुनावी सभामा सहभागी भएका थिए । सोही क्रममा उनले गठबन्धनको साझा उम्मेदवारलाई जिताउन सार्वजनिक रुपमा अपिल समेत गरेका थिए ।
‘आख्यानकार राजन मुकारुङले टेम्केमैयुङ गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिने सामाजिक सञ्जालमार्फत घोषणा गरिरहेका थिए,’ नेता काङमाङले उल्लेख गरेका छन्, ‘पूर्व घोषणालाई मिथ्या सावित गर्दै पान्धारेको संयुक्त चुनावी सभामा राजनले गठबन्धनको साझा उम्मेदवारलाई मतदान गर्न आव्हान गरे । राजनको उम्मेदवारी घोषणा साच्चै होला र पहिचान पक्षधरलाई आपसमा जुझाएर जितौला भन्ने दिवास्वप्नधारीहरूलाई पान्धारेको राजनको प्रस्तुतीपछि ठूलो धक्का लागेको छ ।’
टेम्केमैयुङ गाउँपालिकामा नेकपा एमालेले भने धुव्र राईलाई अध्यक्षमा अघि सारेको छ ।

Posted by on Jun 17 2017. Filed under Breaking News, मुख्य खबर, समाचार. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com