ससफो र माओवादी केन्द्रबीच विराटनगरमा तालमेल : मेयरमा उमेश यादव
विराटनगर, ४ असार । संघीय समाजवादी फोरम र माओवादी केन्द्रबीच विराटनगर महानगरपालिकाको चुनावमा तालमेल गरेर जाने सहमति भएको छ । मोरङ जिल्लाका अन्य स्थानीय तहमा पनि दुई पार्टीबीच मिलेर चुनाव लड्ने सहमति बनेको छ ।
विराटनगर महानगरपालिकामा संघीय समाजवादी फोरमले मेयर र माओवादी केन्द्रले उपमेयरमा चुनावी तालमेल गर्ने सहमति गरेका हुन् । संघीय समाजवादी फोरमले मेयरमा उमेश यादव र माओवादी केन्द्रले नमिता न्यौपानेलाई उपमेयरमा अघि सारेको छ ।
जिल्लाका अन्य स्थानीय तहमा पनि तालमेल गरेर अघि बढ्ने सहमति बनेको बताइएको छ । मोरडमा १ महानगरपालिकासहित १७ स्थानीय तह छ ।
विराटनगरमा हिजो मात्रै नेकपा एमाले र नेपाल लोकतान्त्रिक फोरमबीच तालमेल भएको थियो ।
IWJMin Wow, this article is good, my sister is analyzing such things, so I am going to inform her.