चुनावमा भाग लिनु भनेको आफ्ना मुद्दा छोड्नु होइन : उपेन्द्र यादव

फाइल फोटो

मधेशको ‘सेन्टिमेन्ट’विरुद्ध चुनावको पक्षमा उभिँदा राजनीतिक रूपमा जोखिम महशुस गर्नुभएको छैन ?

देश र जनताका लागि राजनीति गर्ने हो भने नेतृत्वले जहिले पनि जोखिम मोल्न तयार हुनुपर्छ । त्यत्रो संघर्षपश्चात् प्राप्त गरेको गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता आदि राजनीतिक उपलब्धि खतरामा पर्ने देखेपछि जोखिम मोलेर चुनावको बाटोमा उभिएको हुँ । कसले भन्यो मधेशमा चुनावविरोधी मनोविज्ञान छ भनेर । प्रस्ट पार्न चाहन्छु, मधेशको सेन्टिमेन्ट चुनावकै पक्षमा छ ।

पहिले तपार्इं आफंै संविधान संशोधनबाट मधेशका मुद्दा सम्बोधित नभई चुनावमा नजाने भन्नुहुन्थ्यो । कसरी फेरिनुभयो ?

निश्चय पनि मधेशीसहित आदिवासी जनजाति सबै समुदाय संविधानबाट ठगिएका छन् । त्यो कुरा मैलै भनिराख्नै पर्दैन, सबैलाई थाहा छ । तर, कहिलेकाहीँ राष्ट्रिय सवालहरू अहम् रूपमा आउँछन् । फेरि, चुनाव पनि त आन्दोलनकै मोर्चा हो, जहाँ जनता बलियो हुनेछ । चुनावमा भाग लिनु भनेको आफ्ना मुद्दा छोड्नु होइन ।

तपार्इंहरूले त प्रचार पनि गर्नसक्नु भएन । कार्यक्रम बिथोल्ने सीमापारिकै मान्छे हुन् त ?

हामी मधेशमा त्यति कमजोर पनि छैनौँ, यसमा थप कुरा नगरौँ । मूल कुरा सिंगो मुलुकको आवश्यकता के हो ? चुनावबाट जनताको अधिकार नै स्थापित हुने हो । यो लोकतान्त्रिक विधि पनि हो । यसबाट किन हट्ने ? राज्यले मधेशका मुद्दाहरूमा जुन बेवास्ता गरेको छ, त्यसमा पनि खबरदारी गर्न छोड्ने होइन । आन्दोलन र चुनाव दुवै मोर्चामा हामी अग्रपंक्तिमै हुन्छौँ ।

मधेशमा देखिएको अस्थिरता र अशान्तिलाई कसरी नियन्त्रण गर्ने ?

समस्याको जड संविधानमा मधेशीका अधिकार सम्बोधन नहुनु नै हो । जबसम्म यसको संशोधनमार्फत् पुनर्लेखन हँुदैन समस्या समाधान हँुदैन । राज्य पुनर्संरचनाअन्र्तगत संघीयताको छिानोफानो नभएसम्म असन्तुष्टका स्वर उठिरहन्छ ।

मधेशकेन्द्रित दलहरू भित्रै धु्रवीकरण बढेपछि मधेशका मुद्दा कमजोर हुँदैन ?

मधेशको मुद्दामा प्रस्ट हुनुपर्छ । अहिले राजपा र फोरमबीच तिक्तता बढाउन खोज्नु दुर्भाग्यपूर्ण कुरा हो । यसलाई आपसी समझदारीबाट हटाउनै पर्छ ।
यसले कसैलाई फाइदा गर्दैन । तर, यसको शुरुवात राजपाले गरेको हो । त्यसकारण विश्वासको वातावरण बनाउने जिम्मा पनि राजपाकै हो ।

http://today.annapurnapost.com/बाट

Posted by on Jun 18 2017. Filed under Breaking News, अन्तरवार्ता, पत्रपत्रिकाबाट, फोटो. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

1 Comment for “चुनावमा भाग लिनु भनेको आफ्ना मुद्दा छोड्नु होइन : उपेन्द्र यादव”

  1. SB3R6D Looking forward to reading more. Great blog post.Much thanks again. Awesome.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com