सुनसरीको स्थानीय तहमा ससफो नेपालबाट को–को उम्मेदवार?

सुनसरी, ४ असार । संघीय समाजवादी फोरमले प्रदेश नं. मा पर्ने सुनसरी जिल्लाका सबै स्थानीय तहहरूमा उम्मेदवारी निश्चित गरेको छ ।
संघीय समाजवादी फोरमले कतिपय पालिकाहरूमा माओवादी केन्द्रसँग तालमेल गरेको छ भने कतिपयमा नयाँ शक्तिसँग गरिएको संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य सुनसरी इञ्चार्ज भिम राईले जानकारी दिए ।
सुनसरी जिल्लामा दुईवटा उममहानगरपालिका, चारवटा नगरपालिका र छवटा गाउँपालिका छन् ।
‘बाह्रवटा स्थानीय तहमा चारवटा कोशी, भोक्राहा, हरिनगरा र देवानगञ्ज संघीय समाजवादी फोरम जित्ने सम्भावना अत्यधिक रहेको छ,’ पार्टी इञ्चार्ज राईले भने, ‘यी गाउँपालिकाहरू पार्टी अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र हो ।’
जिल्लाको दक्षिण क्षेत्रमा संघीय समाजवादी फोरम एक्लै उठ्दा पनि जित्ने पालिकाहरूमा एमाले, कांग्रेसले तालमेल गरौं भनिरहेको समेत राईले बताए, ‘सबै पालिकाहरूमा हाम्रो पार्टीलाई कडा प्रतिष्पर्धी दलको रुपमा लिएका छन् ।’

सुनसरीको स्थानीय तहमा ससफो नेपालबाट को–को उम्मेदवार?

१) इटहरी उपमहानगरपालिकाः मेयर देवीप्रसाद खनाल (ससफो नेपाल) र उपमेयर यमुना गुरागाईं (नयाँ शक्ति)
२) धरान उपमहानगरपालिकाः मेयर आइन्द्रविक्रम बेगा लिम्बु (माओवादी केन्द्र) र उपमेयर पारस काङमाङ राई (ससफो नेपाल)
३) इनरुवा नगरपालिकाः मेयर शिवनारायण मेहता र उपमेयर कुमारी मीरा सिक्देल
४) दुहवी नगरपालिकाः मेयर सरोजकुमार सिंह र उपमेयर श्याममति उरावँ
५) रामधुनी नगरपालिकाः मेयर रामबहादुर खड्का र उपमेयर सबिना चौधरी
६) बराह नगरपालिकाः मिमकुमार राई (नयाँ शक्ति) र उपमेयर फुलमाया घिमिरे बिक (ससफो नेपाल)
७) देवानगञ्ज गाउँपालिकाः चेतप्रसाद मेहता
८) कोशी गाउँपालिकाः अध्यक्ष जितेन्द्र खेरवार
९) गढी गाउँपालिकाः
१०) बर्जु गाउँपालिकाः अध्यक्ष महेशप्रसाद राय
११) भोक्राहा गाउँपालिकाः अध्यक्ष महेन्द्र यादव
१२) हरिनगरा गाउँपालिकाः अध्यक्ष हेमनारायण मेहता

Posted by on Jun 18 2017. Filed under Breaking News, मुख्य खबर, समाचार. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com