ससफो नेपाल र नयाँ शक्तिले दमकमा संयुक्त उम्मेदवारी दर्तासँगै चुनावी रौनक बढाए


झापा, ४ असार । झापाको दमकमा संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालले संयुक्त मनोनयन दर्ता गराएका छन् ।
दुवै पार्टीले आज संयुक्त उम्मेद्वारी दर्ता गराएको ससफो नेपालका लिम्बुवान प्रदेश सचिवालय सदस्य कमन देवानले जानकारी दिए ।
दमक नगरपालिकाको मेयरमा सतिश साह र उपमेयरमा गंगा सागर शेर्माको उम्मेद्वारी परेको हो । साह नयाँ शक्ति र शेर्मा ससफो नेपालका उम्मेदवार हुन् ।
त्यस्तै, दमक वडा नम्बर १ मा ससफो नेपालको सेट उम्मेदवार छन् । वडा अध्यक्षमा ओममाया आङ्देम्बे, महिला सदस्य कृश्नकुमारी अधिकारी, महिला दलित सदस्य कल्पना विक, खुल्ला सदस्यमा कुमार राई र पन्चमाया लिम्बू छन् ।
वडा ३ मा डम्बरबहादुर तिम्सिना अध्यक्ष नयाँ शक्तिबाट र खुला सदस्यहरू गंगाप्रसाद दुलाल र नरेन्द्र कुमार शेर्मा ससफो नेपालबाट उम्मेद्वार बनेका छन् ।
वडा ५ बाट अध्यक्षमा राजु खड्का र दलित महिला सदस्यमा सीता परियार नयाँ शक्तिबाट उम्मेद्वार छन् भने महिला सदस्यमा उमा लिम्बू र खुल्ला सदस्यमा पुष्कर पोख्रेल ससफोबाट उम्मेदवार बनेका हुन् ।
वडा ६ बाट सेटमै नयाँ शक्तिले उम्मेद्वारी दिएका छन् । अध्यक्षमा पुष्पराम न्यौपाने, महिला सदस्यमा सुनिता पौदार, दलित महिला सदस्यमा सुनिता राम मोची, खुल्ला सदस्यमा गुड्डुकुमार जैसवालले उम्मेद्वारी दिएका छन् ।
वडा ७ मा ससफो नेपालको सेट उम्मेद्वार उठेका छन् । अध्यक्ष्यमा गजेन्द्र लावती, महिला सदस्य विश्नुकुमारी चेम्जोङ, दलित सदस्य लक्ष्मी सार्की र खुला सदस्य महेन्द्रकुमार सुब्बाको मनोनयन परेको छ ।
वडा ८ मा नयाँ शक्तिको अध्यक्ष उम्मेद्वार उमेश गजमेरको उम्मेद्वारी परेको छ ।
वडा ९ मा ससफो नेपालबाट अध्यक्षमा मिनकुमार लिम्बू, महिला सदस्यमा धनकुमारी कार्की , खुला सदस्यमा रणबहदुर राईको उम्मेद्वारी दर्ता भएको छ ।
वडा १० मा नयाँ शक्तिबाट अध्यक्षमा खगेन्द्र न्यौपानेको उम्मेद्वारी परेको छ । वडा २ र ४ मा ससफो र नयाँ शक्ति दुबैबाट नउठाइएको बताइएको छ । दमकको चुनावी माहोलमा ससफो नेपालले तरंग ल्याएको संयोजक देवानले बताए ।
ससफो नेपालले नयाँ शक्तिलगायत अन्य दलहरूसँग पनि तालमेल गरेर उम्मेद्वारी दिएको बताइएको छ । पहिचान विरोधी एमाले र गणतन्त्र विरोधी राप्रपासँग भने जिल्लाको कुनै पनि स्थानीय तहमा तालमेल नगरिएको बताइएको छ ।

Posted by on Jun 18 2017. Filed under Breaking News, समाचार. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com