मोरङको स्थानीय तहमा ससफो नेपालको नयाँ शक्ति र माओवादी केन्द्रसँग तालमेल

मोरङ, ४ असार । संघीय समाजवादी फोरम, नेपालले मोरङको सबै गाउँपालिका र नगरपालिकाहरुमा एकल र तालमेल गरेर स्थानीय तह निर्वाचनमा उम्मेद्वारी दर्ता गराएको छ ।
ससफोले कतै नयाँ शक्ति नेपालसँग त कतै माओवादी केन्द्रसँग चुनावी तालमेल गरेर उम्मेद्वारी दिएको ससफो नेपाल मोरङको कार्यालय सचिव फिपराज बेघाले जानकारी दिएका छन् ।
आइतबार मनोनयन दर्ता कार्यक्रम अन्तर्गत ससफो नेपाल र नयाँ शक्ति पार्टी नेपालले पथरी शनिश्चरे नगरपालिका नगर प्रमुखमा देवराज भण्डारी र उपप्रमुखमा खिनामाया लिम्बूलाई उम्मेद्वार उठाएको छ ।

आइतबार मनोनयन दाखिला गर्ने क्रममा पथरी शनिश्चरे वडा नम्बर १ का अध्यक्षमा तारा दवाडी, महिला सदस्यमा सन्जु सिंगक, दलित महिला सदस्यमा कमला विक, खुल्ला सदस्यहरुमा लक्ष्मीप्रसाद श्रेष्ठ र दिलबहादुर लावती रहेका छन् । वडा नम्बर २ का अध्यक्ष पदमा दिलबहादुर तामाङ, महिला सदस्यमा विष्णुमाया तामाङ, दलित महिला सदस्यमा उर्मिला सुन्दास, सदस्य डम्बर बहादुर तामाङ उम्मेद्वार रहेका छन् । वडा नम्बर ३ का अध्यक्षमा काबुलबहादुर मगर छन् भने महिला सदस्यमा लाचुङमा वनेम, सदस्यहरुमा पञ्च बहादुर राई र भीमप्रसाद रिजाल छन् । तारा प्रसाद ढकाल वडा नम्बर ४ को अध्यक्षको उम्मेदवार बनेका छन् भने महिला सदस्य रन्जिता राई, दलित महिला सदस्य खड्ककुमारी विक, सदस्यहरु खेम राई र गोपाल प्रसाद ढकाल रहेका छन् ।
वडा नम्बर ५ मा दीपक भट्टराई अध्यक्षमा र उसकुमार धिमाल लगायतको उम्मेद्वारी रहेको छ । ६ र ७ मा क्रमशः सुबोल चन्द्रबंशी र दुर्गा तामाङ अध्यक्ष पदका उम्मेद्वार छन् । वडा नम्बर ८ मा सागर तुम्सा अध्यक्ष पदका उम्मेद्वार रहेका छन् भने महिला सदस्य शोभा भण्डारी, दलित महिला सदस्य फुलमाया दर्जी, खुल्ला सदस्यहरु भूपाल थापा र वीरबहादुर बराइली रहेका छन् । वडा नम्बर ९ मा अध्यक्षमा सूर्य तामाङ, महिला सदस्य अनिता गुरुङ, दलित महिला सदस्य सम्झना बर्देवा, खुल्ला सदस्यमा रोशन खरेल र उदय मादेनको उम्मेद्वारी रहेको छ । पदमप्रसाद दाहाल वडा नम्बर १० को अध्यक्षमा छन् भने दलित महिला सदस्यमा रिता विक, सदस्यमा सुदिप खतिवडा लगायत रहेका छन् ।

मोरङको अन्य गाउँ तथा नगरपालिकामा यस्तो छ मनोनयन दर्ता

केराबारी गाउँपालिकाको वडा नम्बर ६ मा यमबहादुर तामाङको उम्मेद्वारी अध्यक्षमा रहेको छ भने महिला सदस्यमा शान्ति तमाङ, दलित महिला सदस्यमा सितामाया विक, खुल्ला सदस्यमा मनकुमार तामाङ र गान्दिप राई उम्मेद्वार बनेका छन् । वडा नं. ७ का अध्यक्षमा छत्र कुमार लिम्बु, दलित महिला सदस्यमा सरिता विक, खुल्ला सदस्यमा लोकप्रसाद लिम्बु र लालबहादुर बस्नेतको उम्मेद्वारी रहेको छ ।
लेटाङ नगरपालिकाका नगर प्रमुखमा बुद्धि चाम्लिङ उप–प्रमुखमा शान्ता राईको उम्मेद्वारी रहेको छ । त्यस्तै गरि वडा नम्बर ३ का अध्यक्षमा तुलाराम राई खुल्ला सदस्यमा रामकुमार राई र हस्तबहादुर दाहाल रहेका छन् । वडा नम्बर ४ का अध्यक्षमा बेदेन्द्र कुमार श्रेष्ठ, वडा नम्बर ५ मा भक्तराज राईको उम्मेद्वारी अध्यक्षमा रहेको छ भने महिला सदस्यमा सीता मगर, सदस्यमा भीमसूर्य मगर र मातली मगर उम्मेद्वार बनेका छन् । वडा नं. ६ का अध्यक्षमा गोविन्द तामाङ र दलित महिला सदस्यमा राधिका सिन्चुरी रहेका छन् ।

उर्लाबारी नपामा दाहाल र याक्खा

उर्लाबारी नगरपालिकामा संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी नेपालको तर्फबाट संयुक्त उम्मेद्वारी परेको छ । नगर प्रमुखमा मनोहरी दाहाल र उपप्रमुखमा सावित्रा याक्खाको उम्मेद्वारी रहेको छ ।

विभिन्न वडाका विभिन्न पदहरुमा संयुक्त रुपमा उम्मेद्वारी मनोनयन गरेको छ । वडा नम्बर १ का अध्यक्ष पदमा जितेन्द्रलाल दनुवार, खुल्ला सदस्य पूर्ण माझी, महिला सदस्य र दलित महिला सदस्यमा नयाँ शक्ति पार्टी नेपालको उम्मेद्वारी रहको जनाइएको छ । त्यस्तैगरी वडा नम्बर ३ का अध्यक्ष पदका उम्मेद्वार केशरमान राई, खुल्ला सदस्य लालबहादुर राई दलित महिला सदस्य कमला जयरु दमाई रहेका छन् । वडा नम्बर ४ का अध्यक्षमा विज्ञान चन्द्र भट्टराई, खुल्ला सदस्य भोलानाथ माझी, वडा नम्बर ५ का अध्यक्षमा अञ्चल तामाङ, दलित महिला सदस्य देवीमाया दर्जीको उम्मेद्वारी रहेको छ ।
वडा नम्बर ६ का अध्यक्षमा बिमला नेपाल, दलित महिला सदस्य राधिका बराईली, वडा नम्बर ७ का अध्यक्षमा रामकुमार राई, खुल्ला सदस्य मोहमद महोदोई, महिला सदस्य, सीता तामाङको उम्मेद्वारी परेको संयुक्त निर्वाचन परिचालन समिति उर्लाबारीका संयोजक विशाल आङदेम्बेले जानकारी दिनुभएको छ ।
त्यस्तै बेलबारी नगरपालिकाको नगर उप–प्रमुखमा शान्त तामाङलाई टिकट दिइएको छ । वडा नम्बर १ मा बासुदेव राई, वडा नम्बर २ मा चेतनाथ दुलाल, वडा नम्बर ३ मा तिलक राई, वडा नम्बर ४ मा चन्द्रकुमार सुब्बा, वडा नम्बर ८ मा सुधरजंग राई, वडा नम्बर ९ महेन्द्र राई, वडा नम्बर १० मा अमिर मगर र वडा नम्बर ११ मा वर्ण राईले वडा अध्यक्षमा टिकट पाएका छन् ।
सुनवर्षी नगरपालिकाको १ मा जयकृष्ण ऋषिदेव, २ मा अनिलकुमार साह, ३ मा देवीकुमारी राजवंशी, ४ मा छेदीलाल यादव, ५ मा प्रेमकुमार दास, ६ मा प्रदीप साह, ७ मा प्रकाश यादव, ८ मा मोहमद सम्स तबरेज आलम, ९ मा जनकला साह वडाको अध्यक्षमा उठ्ने निश्चित भएको ससफो नेपाल मोरङले जनाएको छ ।
त्यस्तै रतुवामाई नगरपालिकाको १ मा लखीचन साह, २ मा हरिप्रसाद साह, ३ मा विजयकुमार सिंह, ४ मा नरेशकुमार श्रेष्ठ, ५ मा घनश्याम साह, ७ मा लालबहादुर ताजपुरिया, ८ मा पुष्प लामिछानेलाई पार्टीले टिकट दिएको छ ।
सुन्दर हरौचा नगरपालिकाको प्रमुखमा खेमराज राई तथा उप प्रमुखमा आनन्द लिङ्खाले टिकट पाएका छन् । राई ससफो लिम्बुवान प्रदेश समिति सदस्य हुन् । सुन्दर हरैचा नपाको १,३,४, ५, ६,७,८,९,१० र ११ नम्बर वडामा क्रमशः भक्तकिरण राई, मुकेशकुमार उराव, मनमाया राई, दिनेश त्रिखत्री, धनबहादुर राई, शंकर देवान, रामबहादुर राई, रीता भट्टराई, चन्द्रबहादुर राई, कृष्णकुमार राई र पृथ्वी थापामगर वडा अध्यक्षको प्रस्यासी भएर चुनाबी मैदानमा उत्रेका छन् । वडा नम्बर ७ मा सदस्यहरुतर्फ महिला सदस्यमा सविमाया पिठाकोटे मगर, दलित महिला सदस्यमा रिमा राई विक र खुल्ला सदस्यमा अगमध्वज लिम्बु थोप्रा र टंक राई उम्मेद्वार बनेका छन ।
कानेपोखरी गाउँपालिकाको उपाध्यक्षमा अश्मा खातुन उम्मेद्वार बनेकी छन् । कानेपोखरीको वडा नम्बर ३ मा जयनाथ यादव, ४ मा बुद्धिमान राई र ५ मा अर्जुन राई वडा अध्यक्षमा उठ्ने पक्का भएको छ ।
बुढी गंगाका गाउँपालिकाको वडा नम्बर १ मा सत्यनारायण मण्डल, वडा नम्बर २ मा गणेश राजवंशी, वडा नम्बर ३ मा ज्ञानकुमार परियार, वडा नम्बर ४ मा नुर मोहमद, वडा नम्बर ५ मा आशिष मेहता वडा अध्यक्षको उम्मेदवार बनेका छन् ।
ग्रामथान गाउँपालिकाको अध्यक्षमा निलमकुमारी सरदार र उपाध्यक्षमा भकलाल विश्वास थारुले टिक पाएर मनोनयन दर्ता गराएका छन् । ग्रामथान गाउँपालिकाको वडा नम्बर ४ मा सीताराम बहिदार थारु, ५ मा दिलबहादुर विश्वकर्मा, ६ मा लक्ष्मण थारु, ७ मा अरुणलाल चौधरीलाई वडा अध्यक्ष पदको उम्मेद्वार बनाइएको ससफो मोरङले जनाएको छ ।
जहदा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः कैलाशप्रसाद मण्डल र शालो साहलाई पार्टीले टिकट दिएको छ । वडा नम्बर १ मा प्रदिपचन्द्र यादव, २ मा प्रमोदकुमार सिंह, ३ मा अनिलकुमार ठाकुर, ४ मा जयरथ गिरी, ५ मा जगदिश सिंह, ६ मा जगदिश मण्डल, ७ मा भगवान बेसरालाई पार्टीले उम्मेद्वार बनाएको हो ।
मिक्लाजोङ गाउँपालिकाको उपाध्यक्ष हरिमाया पौडेल उठ्ने पक्काभएको छ । वडा नम्बर ३ को महिला वडा सदस्यमा कल्पना लिम्बू, ४ नम्बरको वडा अध्यक्षमा मलन गोले (तामाङ) उम्मेद्वार उठ्ने भएका छन् ।

विराटनगरमा ससफो र माओवादी केन्द्रले तालमेल गरे

बिराटनगर उपमहानगरपालिकाका लागि संघीय समाजवादी फोरम र माओवादी केन्द्रले तालमेल गरेर मनोनय दर्ता गरेका छन् ।
उपमहानगरपालिकाको मेयर पदमा ससफो नेपालका उमेशकुमार यादव र उपमेयर पदका लागि माओवादी केन्द्रकी नमिता न्यौपाने पोख्रेलले उम्मेद्वारी दर्ता गराएको मोरङ जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य जयराम यादवले दिनुभएको जानकारी अनुसार वडा नम्बर १ मा अरबिन्दकुमार मल्लिक, वडा नम्बर २ मा धीरजकुमार आडवानी, वडा नम्बर ३ मा सहाना खातुन, ४ मा उपेन्द्रप्रसाद यादव, ५ मा इन्द्रकुमार लाभ, ६ मा मोहमद आलम मिया, ७ मा चन्द्रशेखर धाड़ेवा, ८ मा किशोरकुमार अमात, ९ मा अशोककुमार अट्टल, १० मा रामचन्द्र यादव वडा अध्यक्षको उम्मेद्वार बनेका छन् ।
त्यस्तै ११ मा मिलनकुमार राई, १२ मा हिरालाल कामत, १३ मा झरी लाल महतो, १४ मा बलदेव यादव, १५ मा मोहमद असलम आलम, १६ मा किशोरकुमार मण्डल, १७ मा मोहमद समीम कम्मर मिया, १८ मा संजय कु साह (सुड़ी) र १९ मा जीतनारायण साह (तेली) वडा अध्यक्षको उम्मेद्वार बनेका छन् ।
ससफो नेपाल र माओवादी केन्द्रले विराटनगर उपमहानरपालिकाको सबै वडाहरुमा सदस्य पदहरुमा समेत उम्मेद्वारी दिएको बताइएको छ ।

http://nayaonline.com/बाट

Posted by on Jun 18 2017. Filed under Breaking News, मुख्य खबर, राजनीति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

2 Comments for “मोरङको स्थानीय तहमा ससफो नेपालको नयाँ शक्ति र माओवादी केन्द्रसँग तालमेल”

  1. kL75oN I think this is a real great blog article.Much thanks again. Really Great.

  2. mjzp3X to read through content from other authors and use something from their websites. My webpage Eugene Charter Service

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com