तमुहरूको प्रदेश नं. १ को प्रथम अधिवेशन सम्पन्न

अजय खिम्दुङ्छा

बेलबारी १३ माघ । मोरङको बेलबारीमा तमु ह्यूल छोँज धी गुरुङ राष्ट्रिय परिषद्को प्रदेश नं. १ को प्रथम अधिवेशन सम्पन्न भएको छ ।

अधिवेसनले आठ बुँदे मोरङ घोषणा–पत्र २०७४ जारी गर्दै सम्पन्न गरेको छ ।

कार्यक्रम तमु ह्यूल छोँज धी गुरुङ राष्ट्रिय परिषद् प्रदेश नं. १ को आयोजनामा भएको हो । अधिवेशनले कृष्णराज तमूको अध्यक्षतामा २१ सदस्यीय कार्य समितिको चयन गरेको छ । उपाध्यक्षमा योगेन्द्र तमू, आनन्द तमू र सविता तमू, सचिवमा होम बहादुर तमू, सहसचिवमा डम्वर बहादुर घले, कोषाध्यक्षमा वलिमान तमू रहेका छन् । त्यसै गरी सदस्यहरूमा तीलबहादुर तमू, रुपा तमू, लक्षमण तमू, अनितादेवी तमू, नरेन्द्रकुमार तमू, मोहन तमू, अनिता तमू, सितारा तमू, रामबहादुर तमू, अमृत तमू, कुमारी तमू, सुरेश गुरुङ, धर्मराज गुरुङ, जंग तमू रहेका छन् ।

सोही अवसरमा सुजला तमूस्यो(गुरुङ)को अध्यक्षतामा तमूस्यो(महिला) समिति पनि चयन गरेको छ । उपाध्यक्षमा बैजन्तीमाला तमूस्यो, सचिवमा लोकमाया तमूस्यो, सहसचिवमा अनिता तमूस्यो, कोषाध्यक्षमा मनकुमारी तमूस्यो रहेकी छन् । त्यसै गरी सदस्यहरूमा इन्द्रा तमूस्यो, देवि तमूस्यो, सुसुकुमारी तमूस्यो, मौसमी तमूस्यो, अनिता तमूस्यो, अर्चना तमूस्यो, मेनुका तमूस्यो, दुर्गा तमूस्यो रहेकी छन् ।

कार्यक्रममा विभिन्न व्यक्तित्व तथा तमु समुदायमा अतुलनीय योग्दान पु¥याउने व्यक्तिहरूलाई सम्मान समेत गरेका थिए । सम्मानित हुनेहरूमा बेलबारीका समाजसेवी रविन गुरुङ, धर्मगुरु धर्मराज गुरुङ, एक सय छ वर्षिय रणमाया गुरुङ, जेष्ठ नागरिक ठगबहादुर गुरुङ लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा परिषद्का केन्द्रीय अध्यक्ष रेशम गुरुङले कुनै गुरुङले कुनै पार्टीमा लागेर पार्टी नै सर्वेसर्वा हो भन्ने ठान्छन् भने त्यो भ्रम मात्र हो । प्रदेश नं. ४ लाई ऐतिहाँसीकताको आधारमा तमुवान बनाउनु पर्छ । त्यसमा हामीले भनेका छौँ एक प्रतिशत जनसङ्ख्या भएको कुनै पनि भाषिलाई प्रदेश सरकारले कामकाजको भाषा बनाईनु पर्छ, गुरुङले कार्यक्रमलाई सम्बोधन गर्दै भनेका हुन् । सो अधिवेसनले आठ बुँदे मोरङ घोषणा–पत्र समेत जारी गरेको छ ।

घोषणा पत्र  १. तीन तहको निर्वाचन भएपनि राजनीतिक असहमतिले कार्यान्वयनको पक्षमा समस्या देखिएकाले तत्काल आवस्यक कानून, ऐन बनाएर पहिचान सहितको विकास र सम्वृद्धितिर लाग्न जोडदार माग गरेका छन् । २. ४ नम्वर प्रदेशलाई तमुवान प्रदेश बनाइनु पर्ने र कामकाजी भाषामा खेमालिपी पनि प्रयोगमा ल्याउनु पर्ने ३. हाल सरकारले ल्याएको १५ प्रतिशत रकम स्थानीय तहले कटाई अन्यत्र विकास निर्माणमा लगाइएको हुँदा अविलम्व स्थानीय तहले १५ प्रतिशतमा थप गरी २५ प्रतिशत रमक आदीवासी जनजातिहरूको हक अधिकारको लागि बजेट विनियोजन गर्नु पर्ने लगायतका माग गरेकाछन् ।

आदीवासी जनजाति महासंघ बेलबारीका सल्लाहकार डिपि राई, किरात राई यायोक्खाका केन्द्रीय उपमहा सचिव तिलकप्रसादराई लगायतले कार्यक्रममा बोलेका थिए । साथमा कार्यक्रमलाई गुरुङ(तमु) भेषभुसामा सजिएका तमूस्योहरूले सांस्कृतिक नाचगानले मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रम लक्ष्मीराज गुरुरूको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

Posted by on Jan 28 2018. Filed under समाचार. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2018 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com