संसद संविधान विरुद्ध गैरहेको छ : राई

अजय खिम्दुङ

बेलबारी, माघ २० । ‘नेपालको संविधानमा नेपाल एक धर्मनिरपेक्ष राज्य हो, भनिएको छ । तर हाल आएर नेपालको संविधान विरुद्ध मुलुकी अपराध संहिता(ऐन) २०७४ को परिच्छेद २७ को पशुपंक्षी सम्बन्धी कसूर अन्तर्गतको दफा २८९ मा गोरु काट्नेलाई जेल हाल्ने कानून ल्याएको छ । जुन किरात समुदाय, शेर्पा समुदाय, तामाङ र मुसलमान समुदायको विरुद्धमा छ । किन की ती समुदायहरूले गाई, गोरुको मासु कुलमा चढाउने, खाने कार्य गर्छन ।’ शनिवमार भएको येलेदोङ(नयाँ वर्ष) ५०७८ को शुभकामना आदन प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै किरात राई यायोक्खा जिल्ला कार्य समिति मोरङका सदस्य अकिलमान राईले बताएका हुन् ।

कार्यक्रम किरात राई यायोक्खा बेलबारी नगर कार्य समितिको आयोजनामा भएको हो । कार्यक्रममा विभिन्न जात जातिय संघ संस्थाको उपस्थिती रहेको थियो ।

धिमाल जाति विकासका कविन्द्र धिमाल, बुद्धिजिवि डिपी राई, आज्मी राई लगायतले शुभकामना मन्तव्य रखेका थिए । सोहि अवसरमा साकेला नाचेका थिए । बालबालिकाहरूले नृत्य प्रस्तुत गरेका थिए भने सथमा किराती खानपानले कार्यक्रमलाई रोचक बनाएको थियो । कार्यक्रम किरात राई यायोक्खा बेलबारी नगर समिति अध्यक्ष जितुमान राईको अध्यक्षतामा समापन भएको थियो ।

Posted by on Feb 3 2018. Filed under समाचार. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2018 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com